लिलाधर वली
दाङ । नयाँ मुलुकी संहिताको लागुसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दाहरु दर्ता हुन थालेका छन । यसअघि अदालतले स्वीकार गर्न नसकेका मुद्दाहरु अहिले अदालतमा पुगेका छन ।
यसअघि सम्वन्ध विच्छेदका लागि महिला सिधै अदालतमा जान सक्ने व्यवस्था रहेको थियो । तर सम्वन्ध विच्छेदका लागि पुरुषहरु अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन ।
तर भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताले सम्वन्ध विच्छेदका लागि पुरुषहरुलाई पनि सिधै अदालतमा जाने बाटो खुल्ला गरिदिएपछि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा सम्वन्ध विच्छेदका लागि पुरुषहरु समेत पुग्ने गरेका छन् ।
दाङ देउखुरी जिल्ला अदालतका अनुसार नयाँ संहिता लागुभएको भदौ १ गतेदेखि सोमबारसम्म अदालतमा सम्वन्ध विच्देका लागि १५ वटा मुद्दाहरु दर्ता भएका छन । ११ सम्वन्ध विच्छेदका मुद्दाहरु पुरुषद्धारा दर्ता गरिएको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार गम्भीर श्रेष्ठले बताए ।
पुरुषहरुले श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफु बैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट आफु घरमा आउदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्वन्ध राखेको कारण देखाउदै पुरुषहरुले सम्वन्ध विच्छेदका लागि अदालतमा मुद्धा दर्ता गराउने गरेको अदालतले जनाएको छ ।
सम्वन्ध विच्छेदका लागि ७३ बर्षका जेष्ठनागरिकले समेत अदालतमा मुद्दा दर्ता गराएका छन । नयाँ कानून अनुसार श्रीमानले समेत श्रीमतीबाट अशं पाउने व्यवस्था गरेको छ । पेवा, दाइजो बाहेक श्रीमान श्रीमतीले जोडेको सम्पती श्रीमतीको नाममा भएमा श्रीमानले त्यो अंश पाउन सक्ने छन् ।
‘मुद्दाको प्रकृति हेरेर श्रीमानले पनि अंश पाउन सक्ने कानूनमा व्यवस्था छ’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले भने । उनका अनुसार सम्बन्ध विच्छेदका मुद्दालाई मेलमिलापनै गराउने काम भएको छ । ‘पहिलो प्राथमिकता मेलमिलाप नै हो’ न्यायाधीश रावलले भने ‘ तर मिल्ने अवस्था भएन भने मात्र सम्बनध विच्छेद गछौ ।’
अदालतका अनुसार गतआर्थिक बर्षमा ६ सय ६४ मुद्दाहरु अदालतमा दर्ता भएका थिए । अदालतले ४ सय ९७ मुद्दामा फैसल्ला गरेको थियो भने बाँकी १ सय ६६ मुद्दाहरुमा फैसल्ला हुन सकेको थिएन ।
नयाँ संहिता लागुसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दाहरु आउन थालेको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार रानाले बताए । ‘पहिले सम्वन्ध विच्छेदका लागि महिलाहरुले मात्र मुद्दा दिने व्यवस्था थियो,तर अहिले पुरुषहरुले पनि मुद्धा दर्ता गर्न सक्ने भएका छन’,अदालतका श्रेष्तेदार रानाले भने,‘सम्वन्ध विच्छेदका लागि पुरुषले मुद्दा दिने कानुनी व्यवस्था भएपछि पुरुषहरु अदालत आउने क्रम बढ्न थालेको छ ।
अव अदालतले सम्वन्धका मुद्दाहरुमा पक्ष र विपक्षहरुलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोसिस गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्वन्धविच्छेद गरिदिने श्रेष्तेदार रानाले बताए ।
Views: 0