कालोधन लुकाउनेका लागि अायाे नयाँ विधेयक

२०७५ भाद्र १२, मंगलवार १२:२० गते २०७५ भाद्र १२, मंगलवार १२:२० गते २०७५ भाद्र १२, मंगलवार १२:२० गते

कालोधन लुकाउनेका लागि अायाे नयाँ विधेयककाठमाण्डु टुडे
काठमाण्डु, १२ भदौ – गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गरेका छन् । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने उनले बताए ।विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था गरेको भनी सार्वजनिक रुपमा विरोध भइरहेका बेला गृहमन्त्री थापाले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसदले छलफल गरेर सच्याउनुपर्ने बताएका हुन् ।

‘यो विधेयकले कालो धनलाई ढाकछोप गर्छ भन्ने लाग्दैन, सार्वजनिक पद धारण गरेका पदाधिकारीको सम्पत्तिमात्र होइन, उसको जीवन, अन्य पक्ष पनि पारदर्शी हुनुपर्छ’ उनले भने ।

सम्पत्तिको विषय आयकरसँग जोडिएको भन्दै गृहमन्त्री बादलले सार्वजनिक पदाधिकारीमात्र होइन, सबै उद्योगी व्यवसायीका साथै सबै नागरिकको सम्पत्ति सरकारलाई जानकारी हुनुपर्ने बताए ।

सार्वजनिक पद धारण गर्नेहरुले आफ्नो सेवाकालमा आर्जन गरेको सम्पत्तिमात्र नभई अन्य सबै पक्ष सार्वजनिक हुनुपर्ने गृहमन्त्री बादलको भनाइ छ । ‘यो विषयमा सदनले गम्भीर छलफल गरेर परिमार्जन संशोधन गर्न सक्छ । सार्वजनिक पद धारण गरेकाहरुको अध्यारो पक्षलाई ढाकछोप गर्छ भने विधेयक परिमार्जन गर्न जरुरी छ । यो सदनलाई अधिकार छ’ उनले भने ।

व्यक्तिगत लिखतहरु गोपनीयतासँग जोडिए पनि त्यसलाई निश्चित सीमाभित्र रहेर मात्र संरक्षण गर्नुपर्ने गृहमन्त्री थापाले बताए । ‘कुनै प्रमाणपत्र देखाउनु हुँदैन भनेर यो विधेयक आएको जस्तो लाग्दैन’ उनले भने ‘यस विषयमा सम्मानित सदन सम्बन्धित समितिमा दफाबार रुपमा गम्भीर छलफल गरेर उपयुक्त निश्कर्षमा पुग्नेछ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *