तिज महोत्सवको तयारी ५० प्रतिशत पुरा

२०७५ भाद्र १४, बिहीबार ०७:५० गते २०७५ भाद्र १४, बिहीबार ०७:५० गते २०७५ भाद्र १४, बिहीबार ०७:५० गते

दिपक वली
भाद्र १४ घोराही
दाङमा यहि भाद्र २२ गते देखि हुन लागेको तीज विशेष सांस्कृतिक महोत्सव २०७५ काम लगभग ५० प्रतिशत काम पुरा भएको छ । लोक दोहोरी गीत प्रतिष्ठान नेपालले अनाथ बालबालिकाहरुको सहयोगार्थ भदौ २२ गते देखि २८ गते सम्म तीज विशेष सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गर्न लागेको हो ।

तिज विशेष सांस्कृतिक महोत्सव २०७५ तयारी ५० प्रतिशत पुरा भएको प्रतिष्ठानका अध्यक्ष पे्रम शर्माले जानकारी दिनुभएको हो । अध्यक्ष प्रेम शर्माले घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा यहि भाद्र १५ देखि हुने भनियको महोत्सव बिबिध कारणले गर्दा यहि भाद्र २२ गते देखि २८ गते सम्म गर्न लागिएको हो । आठ दिन सम्म सञ्चालन हुने महोत्सबमा तीज गीत प्रतियोगिता र तीज नृत्य प्रतियोगिता हुने जानकारी दिनुभयो ।

जसमा प्रथमलाई २०हजार, द्धतियलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरेको उहाँले बताउनुभयो । अनाथ बालबालिकाहरुको सहयोगार्थ सञ्चालन गर्न थालिएको महोत्सवबाट आउने निश्चित प्रतिशत सहयोग गर्ने आयोजकले बताएको छ ।
स्थानिय कलाकारहरुलाई प्रोत्साहन र प्राथमिकता दिदै केन्द्रीय कलाकारहरुको प्रस्तुति रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

महोत्सबमा प्रबेश गर्नका लागि ५० रुपैया र विद्यार्थीहरुको लागि ४० रुपैया निर्धारण गरिएको सचिव पोषणराज श्रेष्ठले बताउनुभयो । स्थानिय कला, संस्कृति र गीतसंगीतको संरक्षण र विकासका लागि महोत्सब सञ्चालन गर्न थालेको उहाको भनाई छ । यहि भाद्र २२ गते हुने उद्धघाटन समारोहमा सबै संचारकर्मि , राजनितिक दल , ब्यापारी , बुद्धिजिबि ,समाजसेबि सर्वसाधारण लगाएतलाई उपस्थितिको लागि पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *