घोराही, भदौ १३
दाङका प्रहरी प्रमुख एसपि कृष्णहरी शर्मा पोख्रेलले जिल्ला आउनासाथ गुन्डागर्दि निमट्यान्न पार्ने बताएका थिए । उनले करीव ६० किलो चरेश वरामद गरेर लागु औषधमाथि अप्रेसन चलाएर आफ्नो यात्रा सुरु गरेका छन् ।
उनले यस अघि भरीया मात्रै पक्राउ गर्न सफल भएकोमा आफु आएपछि चरेशको कारोवार गर्नेहरु पनि पक्राउ गरेको दावि समेत गरे । पोख्रेल सिआइविमा बसेको हिसावले अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल नै भएको दाङवासिको विचमा शन्देश छ । तर, उनि अनुसन्धानमा कति अब्वल छन् भन्ने पोख्रेलको काम कारवाहीले पुष्ट्रि गर्नेछ । आउना वित्तिकै गुन्डागर्दिमा शुन्य सहनशिलता अपनाउने बताएका एसपि पोख्रेलले दाङका गुन्डागर्दि पृष्ठभुमिका सबैजसोलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा वार्निङसमेत दिइसकेका छन् ।
दाङमा विगतमा गुन्डागर्दिमा संलग्न भनिएकाहरुलाई पुरानो फाइल हेरेर आफै नै अन्तिम वार्निङ दिएको र एकपटक सुध्रन धम्कि दिएका छन् । उनले मोस्ट वान्टेड गुन्डाहरुको सुचि बनाइसकेको र दाया वाँया गरेर शान्ति सुरक्षामा खलवल पुर्याउने काम गरे परीस्थिती अनुसार सबै कुरा अपनाउने भनेर गुन्डाहरुलाई प्रहरीले तर्साएको छ ।
एसपि पोख्रेलले यसअघिका प्रहरी प्रमुखहरुको पालामा नै गुन्डागर्दि लगभग निमट्यान्न पारीसकेको भन्दै केही सुसुप्त अवस्थामा रहेकाले त्यस्ता गुन्डागर्दी पृष्ठभुमिका सबैलाई जिप्रका वोलाउन निर्देशन दिएर प्रहरीले विगतमा जस्तो गरेपनि अव त्यस्तो नगर्न भनेर सम्झाएको र गलत काम गरे प्रहरी नछाड्ने पनि चेतावानि दिएको बताए ।
विगतमा जे गर्यो, गर्यो, अव पनि गर्यो भने प्रहरीले जस्तोसुकै कदम उठाउछ–उनले भने– गुन्डाहरुलाई मैले चेतावानि शैलिमा भन्न चाहन्छु, याद गर तिमिहरु फेरी यही वाटोमा लाग्यौ भने प्रहरी निश्चितरुपमा कठोर हुन्छ, त्यो वेला समय घर्किसकेको हुन्छ, तिमिहरु सुधे्रेरर आफ्नो वाटोमा लागि हाल भनेको छु’ । तत्कालिन दाङका एसपि धिरजप्रताप सिँहको पालादेखी गुन्डागर्दि रोकिएको थियो ।
जागरण अनलाइनबाट शाभार
Views: 0