दिपक वली
घोराही २२ भदौ
घोराहीमा क्युसी अवार्ड २०१८अन्तर्गत घोराही युथ पोयट्री स्ल्याम कबिता प्रतियोगिता हुने भएको छ। जसको अडिसन राउन्ड यहि भाद्र२८ गते घोराहि उपमहानगर पालिकाको हलमा हुने भएको छ । साहित्यिक क्षेत्रमा रुचि भएका बिद्यार्थिको मनोवल बढाउने उद्धेश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो ।
सतोरी सेन्टर फर दि आर्टस् किहोतेज कोभ र कबिता समुह वर्ड वारीयर्सको आयोजनामा यहि भदौ ३० गते घोराहीमा फाइनल प्रतियोगिता हुने बिषयमा आज घोराहीमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक युक्ता बज्राचार्य जानकारी गराउनु भएको थियो ।
प्रतियोगितामा १४ देखि १८ बर्षका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । साथै त्यस अवसरमा घोराही क्षेत्रमा मदन भन्डारी मेमोरीएल स्कुल ,पद्यमोदय माबि स्कुल ,बाल बकास ,अल्फा बोर्डिङ ,माबि सौडियार,माबि रझेना,गोरखा स्कुल ,दिपशिखा बमेर्डिङ माउन्ट भिउ स्कुल र सरस्वति माबि स्कुल घोराहि गरी १० विद्यालयको सहभागी रहने छ ।
घोराही क्षेत्रमा रहेका पाँच सामुदायीक बिद्यालय र पाँच निजी बिद्यालयहरु बिच प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया संयोजक सुरेन्द्र जोशिले जनाकारी गराउनु भएको थियो ।
घोराही उपमहानगरपालीकाको कार्यलयको हलमा ठिक १२ बजे देखि कार्यक्रम शुरु हुने जनाइएको छ। उक्त कार्यक्रममा बुक बस , वर्ड वारीयर्स , स्पोकन वर्ड भनेको केहो भन्ने बिषयमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका कबि नबिन भुषाल ,निशा गिरी , मिडिया संयोजक सुरेन्द्र जोशि र पत्रकार नबिन अबिलाषि लगायतले कबिता बाचन गर्नुभएको थियो ।भने कार्यक्रमको संचालन संस्थाका मिडिया संयोजक सुरेन्द्र जोशिले गर्नुभएको थियो ।
Views: 0