घोराही । गुण्डा छुटाउन फोनवाट दवाव दिएकि नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले फोनमै हप्काएका छन् । काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामाले वारम्वार फोन गरेर गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले फोनमै कानुन वमोजिम अघि बढ्ने भन्दै सांसद लामालाई फोनमै हकारेका थिए ।

समानुपातीक कोटाबाट सांसद बनेकी लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल, सांसद नविनाकि वुवा मालिक लामा सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए । गुण्डा लामाले ठमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई सांसद लामाले निरन्तर फोनमार्फत दवाव दिइरहेको स्रोतले बतायो । फोनमै सांसद लामालाई एसएसपी सिंहले अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै छुटाउन आएको सांसद नविनाको वुवा मालिक लामासहीतको टोलिलाई फीर्ता पठाएका थिए ।

एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् । अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी नेकपाकी नेत्रीले लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटाउन प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोड्नुपर्ने निर्देशनात्मक दवाब फोनवाट एसएसपि सिँहलाई दिएकी थिईन ।

तर एसएसपी सिंहले आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको भन्दै कसैको भनसुनका आधारमा अपराधीलाई छोड्न नसक्ने बताएको सिंहको भनाई उदृत गर्दै स्रोतले बतायो । ठमेलमा गुण्डागर्दी गदै आएका सत्यमान आपराधिक क्रियाकलापमा संलग्न काभ्रेली समुहका सहयोगी हुन । उनलाई अपराध अनुसन्धानको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको थियो । ठमेलमा ब्याबसाय गर्दै आएका काभ्रे तिमाल–६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको आवाजसहितको उजुरीको आधारमा अपराध अनुसन्धानको टोलीले ठमेलबाट पक्राउ गरेको थियो । उनलाई सार्वजनीक अपराध ऐन अर्न्तगत मुद्धा चलाईएको छ ।

काभ्रे तिमाल–६ का सत्यमानलाई एकमहिना पहिले महानगरीय प्रहरी परीसर काठमाडौले पक्राउ गरेको थियो । उनै सांसद नविना लामाको दवाबमा तत्कालीन प्रहरी प्रमुख विश्ब पोखरेलले मुद्धासमेत दर्ता नगरी उनकै जिम्मा लगाएर पठाएका थिए । तर, एसएसपि सिँहले कानुन वमोजिम कारवाही गर्ने चेतावानि दिएपछि छुटाउन पुगेको टोलि आफै फर्किएको थियो ।

जागरण अनलाइन बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *