तीज महोत्सवमा दुर्गेश थापाको उत्कृष्ट प्रस्तुति

२०७५ भाद्र २३, शनिबार १६:४४ गते २०७५ भाद्र २३, शनिबार १६:४४ गते २०७५ भाद्र २३, शनिबार १६:४४ गते

दाङ, २३ भदौ
युवाहरुको रोजाई बनेका गायक दुर्गेश थापाले शनिवार घोराहीमा जारी महोत्तसवमा आफ्नो उत्कृष्ट प्रस्तुति राखेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान दाङको आयोजनामा शुक्रवारदेखी सुरु भएको तीज महोत्सवमा उनले आफ्नो प्रस्तुति राखेका छन् । बालबालिकादेखी वृद्धसम्मको रोजाई बनेका गायक दुर्गेशले आफ्ना आधा दर्जनबढी गीतहरु प्रस्तुत गरेका थिए ।

 

देशप्रेमदेखी मायाप्रेमका गीतहरु उनले प्रस्तुत गरेका थिए । थापाले राता रातो खुर्सानी पिरो छ, यस्तै यस्तै गीत गाउछ गलकोटे, कि दुर्गेश रेलमा, आमा म सानो छैन लगायत अन्य गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा युवाहरु उनीसँगै झुमेका थिए । गीतसँगै नृत्यमा पनि खप्पीस दुर्गेशले शनिवार नै तुलसीपुरमा पनि आफ्नो प्रस्तुति राखेका थिए । साथै आज बाट तिज गित नृत्य प्रतियोगिता पनि सुरु भएको छ तिज नृत्य तथा तिज गित प्रतियोगितामा भाग लिनको लागि सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *