घोराहिमा जारि तिज महोत्सवमा रौनकता बढ्दै ः गायक बद्रि पंगेनि संग झुमे दर्शक

२०७५ भाद्र २४, आईतवार १४:४१ गते २०७५ भाद्र २४, आईतवार १४:४१ गते २०७५ भाद्र २४, आईतवार १४:४१ गते

दाङ २४ भाद्र
हिन्दुहरुको महान् पर्व हरितालिका तीजको अवसरमा घोराहीमा जारी तीज महोत्सवको तेस्रो दिन लोकदोहोरी गायक बद्रि पंगेनी लगायतका कलाकारहरूले प्रस्तुती राखेका छन् ।
अनाथ बालबालिका सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा शुक्रवारदेखी सुरू भएको ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ मा आईतवार लोकप्रीय लोकदोहोरी गायक बद्रि पंगेनीले आधा दर्जन बढि गीतहरू प्रस्तुती राखेका थिए । उनले ुभाउजुको हाईहाई छ दाइ लाहुरे भएर, जमुना बने है नमुना, घोराहीको बजारमा जमउला नाचौला झ्याउरेको तालैमा, पानी सलल, कान्छी ए कान्छीु लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।

भदौरे झरीमा पनि महोत्सवमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । दर्शकहरू छाता ओढेरै पनि महोत्सवमा सहभागी भएका थिए ।
महोत्सवमा आईतवार चर्चीत हास्य कलाकार कमल गाउलेले आफ्नो प्रस्तुति राखेका थिए । गाउलेले समसामयिक विषयमा राजनितिक, सामाजिक एवं तीत विकृतिलाई हास्यव्यग्य रूपमा प्रस्तुत गरे ।
महोत्सवमा बद्रि पंगेनी, कमल गाउलेका साथै प्रकाश सोनी, सुनिता बुढा मगर, विजय पुन, कल्पना घले, कमला पुन, राजबाबु शाही लगायतका कलाकारहरूले प्रस्तुती राखेका थिए । महोत्सवमा खुला तीज नृत्य प्रतियोगिता भईरहेको छ ।

सोमवार प्रिती आले आउने
महोत्सवमा सोमवार चर्चीत गायिका प्रिति आलेको प्रस्तुति रहने भएको छ ।

महोत्सवको चौथो दिन आलेसँगै गायक यादवनाथ योगी, पिताम्बर रिजाल लगायतका कलाकारहरूको।प्रस्तुति महोत्सवका सांस्कृतिक संयोजक राजेन्दर दाहालले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *