घोराही २९ भाद्र
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा घोराही भएको तीज महोत्सव सम्पन्न भएको छ । अनाथ बालबालिका सहयोगार्थ भदौ २२ गतेदेखी सुरू भएको तीज विशेष सांस्कृतिक महोत्सव २०७५ को शुक्रवार समापन गरिएको हो ।
महोत्सव आयोजक मूल समितिका संयोजक प्रेम शर्माको अध्यक्षता एवं वरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठको प्रकुख आतिथ्यमा भएको समापन कार्यक्रममा महोत्सव सफल पार्नकालागि सहयोग गर्ने संघसंस्था एवं व्यक्तीहरूलाई धन्यबाद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा महोत्सवमा आयोजना गरिएको तीज नृत्य प्रतियोगिताका विजेताहरूलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । महोत्सव अबधिभर बिभिन्न राष्ट्रिय तथा स्थिानिय कलाकाहरुको बेजोड प्रस्तुति रहेको थियो ।
जसमा समाज सुधार युवा क्लब देउखुरी प्रथम, शान्ति निकेतन द्धतिय र जनज्योति मावि तृतिय भएका थिए ।
समापन कमर्यक्रमको सहजिकरण सचिव पोषण श्रेष्ठले गरेका थियो ।
Views: 0