उद्योगी, उद्यमी सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सन्तोषकुमार गुप्ता । भालुवाङ २ असोज ।
देउखुरीको राप्ती गाउँपालिकालाई कृषिहवको रुपमा विकास गर्न कृषक व्यवसायीहरुले सुझाव दिएका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले मंगलवार आफनै कार्यालयमा आयोजना गरेको उद्यमी,उद्योगीका समस्या,सम्भावना र समाधान विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
नेपालको झापा पछिको दोस्रो उर्वर भुमिको रुपमा देउखुरी उपत्यका रहेको भए पनि अहिले कृषि उद्यमी घट्दै गएको बताएका छन् । कृषि विना मानव अस्तित्व नरहेकाले कृषि क्षेत्रमा स्थानीयहतले उत्पादकत्व बढाई लागत घटाउनु पर्ने, रणनीतिक योजना बनाउनु पर्ने, कृषि प्राविधिकको व्यवस्था गर्नु पर्ने, कृषि प्याकेज तथा पाइलेट प्रोजेक्ट बनाउनु पर्ने सुझाव दिएका छन् ।
साथै व्यवसायीहरुले आफुहरुले उत्पादन गरेको बस्तुले बजार भाउ नपाएको, उद्योगका लागि चाहिने कच्चापदार्थ तथा स्रोतसधानको समस्या, कर वद्धि जस्ता समस्या तथा गुनासा राखेका थिए । उनीहरुले अव राप्ती गाउँपालिकालाई कृषिहव सँगै औद्योगिक क्षेत्रको रुपमा पनि विकास गर्न सुझाव दिएका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी,उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा,भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, पत्रकार महेश रिजाल, उद्योगी तथा व्यवसायीहरु दुर्गा भण्डारी, धर्मबहादुर बोहरा,बासुदेव डाँगी, गञ्जबहादुर विष्ट,शरद मरासिनी,शंकर गौतम, हुकुमबहादुर बस्नेत, दोर्ण जिसी, हनुमान चौधरी, बहादुरकर्ण केसी र प्रेम खत्री लगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रम संघका कार्यक्षेत्र भित्रका विभिन्न पाँच दर्जन बढी उद्योगी तथा उद्यमीहरुलाई प्रमाणपत्र र खाँदा ओढाएर सम्मान गरिएको थियो । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव टोपबहादुर झार्की र सदस्य सन्तोषकुमार गुप्ताले गरेका थिए ।
Views: 0