राप्ती गाउँपालिकाका अध्यक्षद्धारा संविधान दिवसको शुभकामना

२०७५ आश्विन ४, बिहीबार ०३:३८ गते २०७५ आश्विन ४, बिहीबार ०३:३८ गते २०७५ आश्विन ४, बिहीबार ०३:३८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ४ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । राप्ती गाउँपालिकाले संविधान दिवसका अवसरमा आयोजना गरेको मौलिकहकको प्रचलनमा स्थानीयतहको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा शुभकामना सन्देश दिदै अध्यक्ष सुवेदीले नेपालको संविधान उत्कृष्ट संविधान भएकाले संविधानको मर्म अनुसार नेपालमा संघीयता संस्थागत भइसकेको र स्थानीय सरकारलाई अधिकार सम्पन्न वनाउनका लागि संविधानको भुमिका अहम भएको बताएका छन् । उनले संविधानमा उल्लेख गरिएको मौलिकहक लाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । नेपाली जनताको घरआँगनमा सिंहदरवारको अनुभुति दिलाउनका लागि संविधानले विशेष भुमिका वहन गरेको छ ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
संविधानको मर्म अनुसारनै अहिले विद्यमान कानुनी जटिलताहरुको समाधान हुने कुरामा विश्वस्त भएको कुरा समेत उल्लेख छ । ‘संविधान दिवसले सामाजिक न्याय र समतामुलक समाज निर्माणका साथै समाजवाद उन्मुख अर्थव्यवस्था कार्यान्वयनमा सबैलाई बल मिलोस् भन्ने शुभकामना दिएका छन् । साथै कार्यक्रमका अन्य वक्ताहरुले संविधान भित्र थुप्रै क्रुटिहरु रहेकाले संशोधन हुनुपर्ने, संचार नीति संशोधन हुनुपर्ने, नयाँ संविधानमा नेपालीको पहिचान मेटिएकाले नेपालीको पहिचान हुनुपर्ने, महिलाहरु मथि दिनहु हुने बलत्कार हिंसा अन्त्यका लागि संविधानमा कडा कानुन बनाइनु पर्ने, संविधान निमार्ण सँगै कार्यन्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा अध्यक्षहरु तराबहादुर डिसी, जगतबहादुर थापा, चन्दर चौधरी, विष्णुबहादुर जिसी, गोवर्धन रावत, गोकर्णबहादुर राना, नेकपाका राप्ती गाउँपालिका अध्यक्ष किरण भण्डारी, नेपाली कांग्रेसका युवराज न्यौपाने, राजमोका राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी,पत्रकार महेश रिजाल, सन्तोषकुमार गुप्ता, विदुर एमसी, सिसहनियाँ खानेपानीका अध्यक्ष शान्तराज शर्मा, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, पुर्व जनप्रतिनिधि दोर्ण भुसाल, राप्ती गाउँपालिका स्तरीय वनमहासंघका अध्यक्ष हरि भुसाल, नेपाल शिक्षक महासंघका राप्ती गाउँपालिका अध्यक्ष कुलराज जैशी, महिला स्वमसेविका सरिता भुसाल, मावि मौरीघाटकी प्रअ सिता रिजाल, नरबहादुर केसी,शोवितजंग शाही, रमेश कंडेल,हुकुमबहादुर बस्नेत,हेमराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चार संयोजक तीर्थराज ज्ञवालीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *