ओमप्रकाश गुप्ता
भालुवाङ ४ असोज । सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटको छैठौ वार्षिक साधारणसभा बुधवार आफ्नै कार्यालय परिसरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन संस्थाका सचिव जागेन्द्र चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्मला चौधरीले प्रस्तुत गरेकी थिइन् । संस्थाकी सदस्य मता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष किरण भण्डारी, जिल्ला बचत सहकारी संघका सदस्य तथा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल,विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम केसी,रेडियो राप्तीका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो कार्यक्रमको सञ्चालन विष्णु पोख्रेलले गरेका थिए ।
Views: 0