राप्ती गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा दिदै

२०७५ आश्विन ५, शुक्रबार १३:३० गते २०७५ आश्विन ५, शुक्रबार १३:३० गते २०७५ आश्विन ५, शुक्रबार १३:३० गते

ओमप्रकाश गुप्ता
भालुवाङ ५ असोज । राप्ती गाउँपालिकाले वडा नम्बर २ र ७ मा घरघरमा गई शुक्रवार देखि स्वास्थ्य सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको तेस्रो गाउँ सभाबाट स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको ती वडाहरुमा गर्भवती चेकजाँच, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था तथा जेष्ठ नागरिक लगायत परिवार नियोजन सम्बन्धी आम नागरिकको निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७५–०७६ मा संचालन हुने गरी स्वास्थ्य शाखा अन्तर्गत गाउँपालिकाको वडा नम्बर २ र ७ मा २ जना अहेव भर्ना गरी गर्भवती चेकजाँच, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ अवस्था तथा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा परिवार नियोजन सम्बन्धी आम नागरिकलाई परामर्श दिने कार्यक्रम रहेको छ । गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी तथा गत आर्थिक वर्षमा गाउँपालिकाको प्रथम गाउँसभाबाट स्वीकृत भए अनुसार तीन स्थानबाट स्वास्थ्य इकाई केन्द्रबाट नागरिकलाई स्वास्थ्य सेवा दिइदै आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *