आजको राशिफलः मिति २०७५ साल असोज ६ गते शनिवार

२०७५ आश्विन ६, शनिबार ०४:१९ गते २०७५ आश्विन ६, शनिबार ०४:१९ गते २०७५ आश्विन ६, शनिबार ०४:१९ गते

आजको राशिफलः मिति २०७५ साल असोज ६ गते शनिवारवि.सं. २०७५ साल असोज ६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सानो प्रयासले पनि उपलब्धीमूलक काम होला । व्यापार व्यबसायबाट मनग्य आम्दानी होला । माया, प्रेममा नजिक हुने समय रहेको छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धार्मिक तथा मठमन्दिरको यात्राले मन प्रशन्न होला । माता, पिताको आशिवार्दले समाजमा शिर उचो हुनेछ । प्रेममा सामिप्यता वढ्नुका साथै जीवनसाथीको भरपूर साथ पाइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तबाट धोका पाइनेछ । समयमा काम नबन्दा र ऋण लाग्दा मानसिक तनाव वढ्ला । सम्पत्ति हराउन वा लुटिन सक्छ सचेत रहनुहोला । चोटपटक तथा दुर्घटना हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
थोरै लगानीबाट पनि मनग्य प्रतिफल प्राप्त होला । व्यापार व्यबसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती मजबुत हुनेछ । माया, प्रेमको गाठो कसिलो हुने हुनाले मन खुसी होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आम्दानी वढ्ने काम शुरु होला । शत्रुहरुलाई किनारा लगाउँदै चाहेको उपलब्धी हासिल गर्न सकिनेछ । माया, प्रेमको गाठो कसिलो हुनुका साथै नजिकका मित्रको साथ पाइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन तथा व्यापारमा सफलता मिल्नेछ । विद्यालय तथा सेयर बजार जस्ता क्षेत्रमा गरिने लगानीले सुधार भएर जाने छ । प्रेममा सामिप्यता वढेर जानेछ भने आफन्तको साथ पाइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्त र आमाबाट काममा सहयोग पाइने हुदा मन प्रशन्न होला । राजनीति तथा समाजसेवामा जनताको साथ पाइनेछ । माया, प्रेममा देखिएका तिक्क्तता चिर्दै अगाडी वढन सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ । काममा इमान्दारीतापूर्वक समर्पित हुँदा उच्च मूल्याङकन हुनेछ । घर, परिवारमा सहयोग पाउनुका साथै माया प्रेममा पनि राम्रै होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
थोरै तथा कम लगानीमा गरिने व्यापार फलदायी होला । पढाइ लेखाइमा भनेजस्तो सफलता मिल्ने हुँदा अरुलाई किनारा लगाउँदै अगाडी बढ्न सहज हुनेछ । बोलीको प्रभाव वढ्ने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन खुसी हुनेछ । फेसनेबल चीजको प्रयोगबाट अरुको मन आफूमा आकर्षित गर्न सकिनेछ । समाजमा मान सम्मान र इज्जत वढेर जानेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अनावश्यक खर्च वढ्ने हुँदा आर्थिक व्यबस्थापनमा गाह्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने हुदाँ औषधी उपचारमा पनि खर्च वढ्नेछ । आफन्त तथा अग्रजसँग सामान्य कुरामा पनि विवाद होला । माया, प्रेममा एक अर्कालाई विश्वास गर्न गाह्रो होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार, व्यबसायमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुने योग छ । माया, प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोग पाइनेछ । प्रतिस्पर्धी आफै किनारा लाग्नेछन् ।

internetkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *