दिपक वली
घोराही ६ असोज /
वली बंश समाज नेपालको कुल पुजा भोलि दुदरासको मनिकापुरमा हुने भएको छ । समाजले आज पुजा स्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।वली बंश समाजको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित मनिकापुर भन्ने ठाँउमा स्वर्गिय केशबराज वलीको सम्झनामा उँहाका छोराहरु टिकाराम वली , कुम बहादुर वली र टोप बहादुर वलीले प्रदान गरेको २ कठ्ठा १० धुर जग्गामा नव निर्मित मन्दिरमा भोलि असोज ७ गते बिहान ९ बजे देखि कुल पुजा गरीने वली बंश समाज नेपाल तुलसिपुरका अध्यक्ष मिनराज वलीले जानकारी दिनुभयो ।
वली बंश कहाबाट आयो ,कुल कसरी भयो र गोत्र कसरी भयो भन्ने कुराको खोजतलास गर्ने उद्धेश्यले पनि सम्पुर्ण जिल्ला भरीका वली जम्मा भई एउटै थलोमा पुजा कार्यक्रम गरी आफ्ना उद्धेश्यहरुलाई पुरा गर्ने पनि अध्यक्ष वलीले जानकारी दिनुभयो ।
वली बंशका पुराना पुस्ताहरु जजरकोटको सामाखोलाबाट सल्यान दिमचौर हुदै नेपाल भरी फीजियर रहेको भन्ने जस्ता कुराहरु वली बंश समाजका पछिल्ला पुस्ताहरुलाई जानकारी दिने हेतुले वली बंशका सम्पुर्ण कुराहरु समेटेर एउटा किताब निकाल्ने पनि उँहाले जानकारी दिनुभयो ।
वलि बंश समाज तुलसिपुरका अध्यक्ष मिनराज वली को अध्यक्षतामा तथा केन्द्रिय सदस्य नारायण वली र केन्द्रिय सल्लाहाकार बोधराज वलीको उपस्थितिमा भएको कार्यक्रमको सहजिकरण समाजका महासचिव नेत्रलाल वलीले गर्नु भएको थियो भने उपस्थित सम्पुर्ण बक्ताहरुले आफ्ना कुराहरु राख्दै शुभकामना पनि ब्यक्त गनुभएको थियो ।
पुजामा कोमल वली र उत्तर कुमार वली पनि सहभागि हुने
भोलि हुने वली बंश समाजको कुल पुजामा लोकदोहोरी गायिका तथा नेतृ कोमल वली र प्रदेश सभा सांसद उत्तर कुमार वली पनि सहभागि हुने कार्यक्रम तय गरीयको पनि समाजका सदस्य कमल वलीले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा प्रधानमन्त्रि केपि शर्मा वली पनि उपस्थित हुने कार्यक्रम थियो तर कारणबस उँहाको काम ब्यस्तताले गर्दा प्रधानमन्त्रि वली सहभागि हुन नसक्ने कुरा पनि जानकारी दिनुभएको छ । साथ साथै भोलिको कार्यक्रममा सहभागि हुन पनि समाजले सबैमा आग्रह गरेको छ ।
Views: 0