यसवर्ष वडादशैँको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा

२०७५ आश्विन ६, शनिबार १५:१४ गते २०७५ आश्विन ६, शनिबार १५:१४ गते २०७५ आश्विन ६, शनिबार १५:१४ गते

यसवर्ष वडायसवर्ष वडादशैँको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेट

काठमाडौं, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैंको टिकाको उत्तम साईत निकालेको छ। समितिका अनुसार आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा वडादशैँको उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएकोे छ।

बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। त्यस्तैगरी घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ भने फुलपाती भित्र्याउने उत्तम साईत बिहान ९ बजेर २१ मिनेटमा रहेको समितिले जनाएको छ।

कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ। सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *