आफ्नै छोरा र श्रीमानले “यो बुढीलाई वनमा मारेर फाल्दिउ न” भनेपछि धरधरी रुदै यी आमा…….(हेर्नुहोस् पुरा बिवरण)

२०७५ आश्विन ७, आईतवार ०१:०१ गते २०७५ आश्विन ७, आईतवार ०१:०१ गते २०७५ आश्विन ७, आईतवार ०१:०१ गते

आफ्नै छोरा र श्रीमानले “यो बुढीलाई वनमा मारेर फाल्दिउ न” भनेपछि धरधरी रुदै यी आमा…….(हेर्नुहोस् पुरा बिवरण)घरमा सबै छन्। श्रीमान, छोराछोरी, बुहारी, सौता तर मै बुढी सबैलाई बढी भयो। खपिनसक्नुको हेला गरे। बस्नै नसकेर म यहाँ आए।’ भावुक हुँदै मुइया न्यौपानेले दुखेसो पोखिन्।

मुइया अहिले पशुपति मन्दिरमा स्थित बृद्धवृद्धा आश्रममा आश्रय लिएर बसेकी छिन्।घर परिवार नभएर आफुलाई स्याहारसुशार गर्ने कोहि नहुँदा सामान्यतया उमेर ढल्के पछि आमाबुबाले बृद्ध आश्रममा बस्न खोज्छन्। तर मुइयाको कथा बेग्लै छ। उनको मध्यम वर्गीय परिवार छ। खानलाउन खासै दुख छैन। तर ति बृद्ध भएकी आमाको शाहारा भएर हात थाम्ने कोहि भएन।

उनको विवाह सानै उमेरमा भएको थियो। करिव ६ वर्षको हुँदा उनको विवाह भएको थियो। उनी ९ वर्षको हुँदा उनका श्रीमानले अर्को श्रीमती भित्राए। उनलाई हेला गर्न थालियो अनि उनी माइत बस्ने निधो गरिन्। लामो समय माइत पनि बसिन्। माइतमा पनि आमाबुबा छउन्जेल त उनलाई सुखैले पाले। बोलीबचनमा बिझाएनन्। तर जब उनको आमाबुबाको मृत्य भयो उनलाई हेला गर्न थालियो।

भाउजुको बोलि बचन सहिनसक्नु भएर उनी फेरी आफ्नो बिहे गरेर दिएको घर नै फर्किन बाध्य भइन्।उनका सन्तान छैनन्। तर उनको सौताको भने एक छोरी दुइ छोरा छन्। आमा त आमा नै हुन्। तर ति सौताका सन्तानले मुइयालाई न साख्य आमा जसरि माया गरे न आमा नै सोचे। श्रीमानले पनि उनलाई साथ् दिएनन्।

उनी दुखेजिलो गरेर भए पनि खान्छु भनेर छुट्टै नबसेकि पनि होइन। तर हुने हार देव नटार भने झैँ उनलाई उनकै श्रीमान बुहारी मिलेर मार्ने योजना बनाएको सुने पछि उनले त्यहाँ बस्नु उचित छैन भन्ने सोचेर बृद्ध आश्रम जाने निधो गरिन्।

जब उनले घरपरिवारमा सल्लाह गर्ने हिसावले बृद्ध आश्रम जाने कुरा राखिन् तब सबै खुसि भएर अस्तिनै जानु पर्ने अहिले सम्म येत्रो दुख नै हुदैन थियो भन्दै मुइयाको निर्णयमा सहमति जनाए। मुइया भन्छिन् ,’कहिले गइदियोस जस्तो भाको थ्यो। मैले बृद्ध आश्रम जान्छु भन्ने बित्तिक्कै खुसि भए सबै। बुहारीहरुले पनि ल जाउ ठुलिआमा।यसरि रसुवा देखि काठमाडौँको बृद्ध आश्रममा उनी आइपुगिन्।

बेलाबखत बुहारी भेट्न आउछे भन्दै उनले भनिन् ,’घरमा हुँदा एक बचन ए ठुलीआमा के खान्छौ भनेर सोधिन। अस्ति भेट्न आउँदा अहिले घर जाम भनि टोपल्छे। के चाहिन्छ। के खान्छौ भनेर सोधेकी थि। मैले यहाँ सब पुगेको छ सार्है जिउ दुखेको छ एक चौथाई तेल ल्याइदेउ न भनेर भनेको अह त्यहाँ देखि आकी छैन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *