दशैंको मुखमा जनतालाई उपहार, सार्वजनिक यातायातको भाडामा बृद्धिकाठमाडौं, ७ असोज । नेपालीहरुको महान पर्व दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन तयार भएको हो ।
७ गतेदेखि नै भाडा बढाउने तर मंसिर २९ गतेसम्म वैज्ञानिक भाडादर कायम गर्ने पनि सहमति भएको बताईउको छ । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ ।
सरकारले कि पेट्रोलको भाउ घटाउनुपर्ने कि भाडा बढाउनुपर्ने भन्दै व्यवसायीले दसैँको टिकट समेत बुकिन गरेका थिएनन् । शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।
Views: 0