फेसबुकमा समाचार शेयर गर्दा अदालतकी कर्मचारीको चागिर चट् !

२०७५ आश्विन ७, आईतवार ०६:५४ गते २०७५ आश्विन ७, आईतवार ०६:५४ गते २०७५ आश्विन ७, आईतवार ०६:५४ गते

फेसबुकमा समाचार शेयर गर्दा अदालतकी कर्मचारीको चागिर चट् !काठमाण्डु टुडे
जनकपुरधाम, ७ असोज – असोज ३ गते संविधान दिवसको दिन कालोदिवसको पोष्ट समाजिक सञ्जालमा सेयर गरेको निहुमा धनुषा जिल्ला अदालतकी एक जना महिला कर्मचारी कामबाट निकालिएकी छन् । जिल्ला अदालत धनुषाका करारमा खरिदार (डिठ्ठा) मा कार्यरत गुञ्जा राय कामबाट निकालिएकी हुन् ।

रायले आज जनकपुरमा पत्रकार सम्मेलन गरी असोज ३ गते संविधान दिवसको दिन कालोदिवसको पोष्ट फेसबुकमा शेयर गरेकै कारणले आफुलाई कामबाट निकालेको बताइन् । गत असोज ५ गते अदालतका स्रेस्तेदार राधाकान्त झाले रायलाई थमाएको अवकाश पत्रमा उल्लेख गरिएको छ, ‘२०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको छ ।’

तर निस्काशन गरीएकी रायले भने अदालतमा आफु जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफुलाई अवकाश पत्र थमाइएकोले संविधान दिवसमा कालो दिवसकै पोष्ट शेयर गरेकै कारणले निकालिएको दावी गरेकी छन् । रायले गुनासो गर्दै भनिन्, ‘यदि मैले फेसबुकमा कालो दिवसको अर्काको पोष्ट शेयर गरेको छु भने मलाई स्पष्टीकरण त अदालतले सोध्नु पुथ्र्यो , तर त्यो कुरासमेत नसोधी मलाई एकाएक निस्काशन गर्नु कतिको उचित हो ? म माथि अन्याय भएकै हो । ’

उनले आफुलाई मात्र कामबाट हटाउने अरु कै निहु नभई कालो दिवसकै पोष्ट शेयर गरेको कारणले निकालिएको दावी गरेकी छन् । रायले काममा फर्किन चाहेको वा नचाहेको विषयमा केहि कुरा भने खुलाएकी छैनन् । तर अगामी दिनमा विना स्पष्टीकरण सोधपुछ र कारण नदेखाई कामबाट निकाल्ने व्यवस्थाको विरोधमा आफु रहेको रायको भनाई छ । सबैको आफ्नो व्यक्तिगत स्वतन्त्रता समेत संविधानले प्रत्याभूत गरेको अवस्थामा आफुलाई पोष्ट शेयर गरेकै कारणले यदि अदालतले कामबाट निकालिएको छ भने त्यो न्यायपूर्ण नभएको उहाँको तर्क छ । अगामी दिनमा कुनै कर्मचारीसंग यस्तो घटना नहोस् मात्र आफुले चाहेको रायले बताइन् ।

राय वि.स. २०७३ पुस १७ गतेदेखि जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा करारमा कार्यरत थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *