‘इन्टु मिन्टु लण्डनमा’ काे २ दिनको व्यापार २ करोड!

२०७५ आश्विन ७, आईतवार ०७:११ गते २०७५ आश्विन ७, आईतवार ०७:११ गते २०७५ आश्विन ७, आईतवार ०७:११ गते

‘इन्टु मिन्टु लण्डनमा’ काे २ दिनको व्यापार २ करोड!शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ ले आइतबारसम्म २ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माण टोलीको दावी गरेको छ।

आधिकारिक बक्सअफिस रिपोर्ट प्राप्त भइनसकेको अवस्थामा निर्माण टोलीले सिनेमाले २ करोड ग्रस कलेक्सन गरेको दावी गरेका हुन्। वितरक मनोज राठीले ‘इन्टु मिन्टु लण्डनमा’ वर्षकै सबैभन्दा ठूलो ओपनर सिनेमा रहेको जिकिर गरे।

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको सिनेमा हेर्न शुक्रबार र शनिबार हलमा दर्शकको घुइँचो लागेको थियो।

मल्टिप्लेक्स अडियन्स केन्द्रित सिनेमा भएपनि दर्शकको भिडभाड सिंगल स्कृनमा पनि उत्तिकै रहेका बताइएको छ। शुक्रबार बिहानदेखि साँझसम्म ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार शतप्रतिशत रह्यो। गएको वर्ष प्रदर्शनमा आएको छक्का पञ्जा २ पछिको सर्वाधिक कलेक्सन भएको बताईएको छ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यस सिनेमाले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ। सिनेमाको आइतबारदेखिको कारोबार र हलमा दर्शकको चापले सिनेमाको व्यापार निर्धारण गर्ने छ।

केही हप्ता लण्डन घुम्न गएकी मिन्टु अर्थात मिरा (साम्राज्ञी) र लण्डनकै रैथाने इन्टु अर्थात इशान (धिरज) को प्रेमकथा वाचन गरेको सिनेमामा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतकाको अभिनय रहेको छ। सिनेमालाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयुक्त रुपमा निर्माण गरेका हुन्।
nepal khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *