पत्रकार रवि लामिछानेलाई द. कोरियामा भव्यताका साथ स्वागत……..(हेर्नुहोस् कार्यक्रमको पुर्ण विवरण)

२०७५ आश्विन ८, सोमबार ०६:२५ गते २०७५ आश्विन ८, सोमबार ०६:२५ गते २०७५ आश्विन ८, सोमबार ०६:२५ गते

पत्रकार रवि लामिछानेलाई द. कोरियामा भव्यताका साथ स्वागत……..(हेर्नुहोस् कार्यक्रमको पुर्ण विवरणकृतिमानी पत्रकार तथा ‘सिधा कुरा जनतासंग’ का पत्रकार रवि लामिछानेलाई द.कोरियाको इन्छन एअरपोर्टमा भव्य स्वागत भएको छ ।पत्रकार दिपक बोहरा र इजिलिङ्का सिइयो डिपी आर्यालपनि जापान हुदै कोरिया पुग्नु भएको हो ।

स्वागतकालागि पत्रकार , व्यवसायि , समाजसेवी , विधार्थी लगायत द.कोरियामा रहनुहुने नेपाली स्वाभिमानी युवाहरुको उत्साहजनक सहभागिता रहेको छ । सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आएसंगै पत्रकार रबि लामिछानेको सम्पुर्ण कार्यक्रमहरुको तयारी पूरा भएको छ ।

पत्रकार लामिछाने सेप्टेम्बर २५ र २६ तारीखमा हुने “बृहत अन्तरक्रिया” कार्यक्रमका लागि कोरिया आउनु भएको हो । उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ ।आज हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छ ।

उक्त जानकारी प्रदेश नम्बर ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन नियोगले दिएको हो । कार्यक्रम प्रदेश नम्बर ३ एकता समाजको समन्वयमा काभ्रे सम्पर्क समिति तथा धादिङ समाजद्वारा आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमको मुख्य उदेश्य काभ्रे र धादिङ जिल्लाको विकट गाउँमा एम्बुलेन्स संचालन गर्ने रहेको भन्दै अध्यक्ष नियोगले भने “कार्यक्रममा पत्रकार रबि लामिछानेले प्रेरणादायी प्रस्तुति र भ्रमणको उदेश्य बारे जानकारी दिनुहुनेछ” । सामाजिक कार्यका लागि गर्न लागेको सांगीतिक कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण नेपालीलाई सहभागी जनाउन अनुरोध पनि गरेको छ ।

त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छ ।

कोरियाको राजधानी सउलमा हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएको छ ।

“कार्यक्रमको सम्पुर्ण तयारी पूरा भयो अब, कोरियामा रहेका सबै संघसंस्थाको प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरुलाई निमन्त्रणा पठाउने छ । बिश्वास छ कि सबैको साथ र सहयोगले कार्यक्रम ऐतिहासिक हुनेछ ।” अभियन्ता श्रेष्ठले भने ।

विभिन्न संघसंस्थाको नाममा सभा, सम्मेलन, भेला, साँस्कृतिक कार्यक्रमहरु त कोरियामा प्रत्येक हप्ता जस्तै भैरहेको हुन्छ । अज सलनाल र छुसक जस्ता लामो बिदाको समयमा यस्तो गतिविधि ह्वात्तै बढ्ने गर्छन् ।

तर त्यसको उपलब्धि र प्रभावकारिताको बारेमा न सम्बन्धित संघसंस्थाले ध्यान दिएको छ न त यहाँका बुद्धिजीवीले नै । यस्तो अबस्थामा यो विल्कुलै कोरियामा पहिलोपटक, संदेशमुलक र सहभागिता जनाउन लायक एक महत्त्वपूर्ण बिशेष कार्यक्रम हो भन्दै सामाजिक अभियन्ता श्रेष्ठले भने “सम्पुर्ण कोरियावासी नेपालीहरु राष्ट्रियताको बिषयमा गोलबद्द हुने एक बिशेष अवसर पनि हो ।

यसलाई सबै मिलेर सफल पारौं ।” कार्यक्रममा बिशेष गरि नेपालीहरुमा कामको तनावले हुने डिप्रेसन, नेपाली नेपाली बिच नै हुने दुव्र्यवहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुने छ ।

त्यस्तै स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानका अभियन्ता राम दत्त जोशीले भने “देशमा विकृति, विसंगति र बेथिति मौलाईरहेको अबस्थामा त्यसको विरुद्ध सशक्त आवाज उठाएर त्यसको समाधानको प्रयास समेत गर्दै सारा नेपालीको मन मनमा बस्न सफल रबि दाईलाई कोरियामा स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो ।

उहाँलाई स्वागत गर्न हामी सबै राष्ट्रप्रेमी कोरिया बासी नेपालीहरु आतुर छौ ।” यस्तो सुनौलो अवसरको सहि सदुपयोग गर्न अभियन्ता जोशीले सबैलाई आग्रह गरेको छ । २६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछ ।

२५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जानकारी अभियन्ता जोशीले दिएको छ । स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको पहलमा दक्षिण कोरिया आउन लागेको रबि लामिछानेको कोरिया कार्यक्रमको सम्पुर्ण प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ भने सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गरिने भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *