भाडा वृद्धिको विरोधमा नेविसंघको एक घन्टा चक्काजाम

२०७५ आश्विन ८, सोमबार ०६:३८ गते २०७५ आश्विन ८, सोमबार ०६:३८ गते २०७५ आश्विन ८, सोमबार ०६:३८ गते

भाडा वृद्धिको विरोधमा नेविसंघको एक घन्टा चक्काजामप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ।

सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान एक घण्टा चक्काजाम गरेको हो।

बिहान ९ देखि १० बजेसम्म नेविसंघले गरेको चक्काजामका कारण राजधानीको सवारी प्रभावित भएको छ।

यातायात व्यवसायीले दसैँका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट वृद्धि गरेको छ।

यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलाई देखाउँदै भाडा वृद्धिको माग अगाडि सारेका थिए। आरआर क्याम्पस इकाई (नेविसंघ)काअध्यक्ष सञ्जिव ढकालले सरकारले भाडादर वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने सेतोपाटीलाई बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *