शिखर सुजको ‘पाडो किन्दा भैंसी उपहार’ योजनाकाठमाडौं/रास– शिखर सुजले दशै तिहारलगायतका चाडबाडलाई लक्षित गरी फेरि ‘आयो पाडो किन्दा भैंसी उपहार’ योजना ल्याएको छ ।
दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरूको रोजाइअनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको छ ।
यो योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउनेछन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउनेछ ।
स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिएको पनि विज्ञप्तिमा उल्लेख छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले ह्याच ब्याक कार जित्ने पनि शिखरले जनाएको छ ।
शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्ट्स सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा पर्दै आएको शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी व्यक्तित्वलाई लक्षित ती गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।
शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज÷ स्कुल सु र र अफिसियल सु बजारमा छन् । नेपाली जुत्तामध्ये शिखर सबैभन्दा बढी बिक्ने जुत्ता हो । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टीसमेत दिँदै आएको छ ।
Views: 0