महायज्ञमा २४ लाख संकलन, थापा दम्पतीद्वारा साढे ५ लाख दान

२०७५ आश्विन ८, सोमबार १३:१५ गते २०७५ आश्विन ८, सोमबार १३:१५ गते २०७५ आश्विन ८, सोमबार १३:१५ गते

दाङ, ८ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा २४ लाख रकम दान संंकलन भएको छ । महायज्ञको आठौँ दिनसम्म २४ लाख ७ हजार ७ सय ४ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा सोमवार १० लाख २० हजार ७ सय ८१ रकम संकलन भएको छ । महायज्ञमा सोमवार प्यूठान विजुवार हाल घोराही उपमहानगरपाकिला वडा नम्बर १५ रतनपुरका बसन्तराज थापा (प्रकाश) ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान दिनुभएको छ । नयाँ उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा बसन्तराज थापा र उनको धर्मपत्नी सुशीला केसी थापाले स्व.आमा चन्द्रावति थापाको स्मृतिमा सो रकम दान गनुृभएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिनुभयो । थापा परिवार यस महायज्ञमा सबैभन्दा धेरै दान गर्ने दम्पती बनेको छ । यस्तै सोमवार गेहेन्द्रदेवी भट्टले ६६ हजार ६ सय ६ट रुपैया, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले २६ हजार ५ सय ५ रुपैया दान गर्नूभएको लेखा समितिका संयोजक केशव गिरीले जानकारी दिनुभयो ।

एक करोड दीप प्रज्वलन

सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा घोराहीमा जारी महायज्ञमासोमवार १ करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्वलन गरिएको हो । दाङमा एक करोड दीप प्रज्वलन एकै स्थानमा गरिएको यो पहिलो पटक हो । पितृहरुको सम्झनामा स्वईच्छाले भक्तजनहरु दीपसहित उपस्थित भएको पूजा उपसमितिका संयोजक यज्ञश्वरी चन्दले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *