खगेन्द्र अभिनित फिल्म ‘जय भोले’ फूलपातीबाट प्रदर्शनमा

२०७५ आश्विन ९, मंगलवार ०८:४६ गते २०७५ आश्विन ९, मंगलवार ०८:४६ गते २०७५ आश्विन ९, मंगलवार ०८:४६ गते

खगेन्द्र अभिनित फिल्म ‘जय भोले’ फूलपातीबाट प्रदर्शनमाकाठमाडौं– अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘जय भोले’ दशैंको फूलपातीबाट प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि प्रदर्शन मिति घोषणा गर्न आनाकानी गरिरहेको फिल्म निमार्ण युनिटले असोज ३० मा प्रदर्शन मिति तय गरेको हो।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा–३’ र अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ दशैं लक्षित भएर प्रदर्शन तयारीमा लागे पनि दुइवटै फिल्मका लागि प्रदर्शन मिति तय गर्न सकस देखियो। दशैंलाई केन्द्रमा राखेर एक साथ प्रदर्शनमा ल्याउने होडका कारण यसअघि फिल्मको प्रदर्शन मिति तय हुन सकेको थिएन।

तर, केहीदिन अघिको दुई फिल्म युनिटबीच भएको आपसी समझदारीपछि फिल्म छुट्टाछुट्टै मितिमा आउने निश्चित भएको हो। साेहीअनुसार फिल्म ‘छक्का पञ्जा’ घटस्थापनाबाट र ‘जय भोले’ फूलपातीबाट प्रदर्शनमा अाउनेछ।

फिल्म ‘जय भोले’ ले मंगलबारबाट पोष्टर पनि सार्वजनिक गरेका छ। अभिनेता खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कालकार सालोन बस्नेत, राजाराम पौडेल, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ।
nepali live

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *