सोलुखुम्बु हवाइ सेवा प्रभावितबारे आयो यस्तो खबर

२०७५ आश्विन १०, बुधबार ०६:५२ गते २०७५ आश्विन १०, बुधबार ०६:५२ गते २०७५ आश्विन १०, बुधबार ०६:५२ गते

सोलुखुम्बु हवाइ सेवा प्रभावितबारे आयो यस्तो खबरकाठमाण्डु टुडे
सोलुखुम्बु १० असोज – सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाण्डुदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो ।

असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् ।

काठमाण्देडुखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाण्डुबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ ।

फाप्लुबाट यात्रु पाए पनि काठमाण्डुबाट सोलुखुम्बु आउने यात्रु नहुँदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिए । काठमाण्डुबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उनको भनाइ छ ।

मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाण्बाुडट सोलखुुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सदरमुकाम नजिकै रहेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, समिट एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए । उक्त समयमा समेत टिकट पाउन मुश्किल हुने गरेको यात्रुको भनाइ छ ।

बर्खा लागेसँगै निजी कम्पनीको समिट एयरलाइन्सले नियमित उडान रद्ध गरेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एयर ट्राफिक कन्ट्रोलर एवं निमित्त इन्चार्ज विकास झाले जानकारी दिए । करीब पाँच महिनादेखि समिट एयरले उडान गरेको छैन, झाले भने, ‘कहिलेकाँही कार्गो गर्छ, किन हो नियमित उडान गरेको छैन ।’

तारा एयरलाइन्सले भने नियमित उडान गरिरहेको जनाएको छ । आन्तरिक विमानको क्षमता १३ देखि १४ सम्म यात्रु बोक्ने भएकाले टिकट पाउन मुश्किल परेपछि यहाँका स्थानीयको रोजाइ सडक यातायात बनेको पेमदोर्जी शेर्पाको भनाइ छ ।

यता तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समेत मौसम प्रतिकूलतको कारण नियमित उडान हुनसकेको छैन । पर्यटकीय सिजन शुरु भए पनि मौसममा सुधार नआउँदा उडान प्रभावित बनेको गाउँपालिका अध्यक्ष ङिमजोर्दी शेर्पाले जानकारी दिए ।

दैनिक ९० सम्म उडान हुने उक्त विमानस्थलमा अहिले २५ देखि ३० सम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । उडान सेवा प्रभावित भएपछि यहाँको पर्यटनमा प्रत्यक्ष असर परेको गाउँपालिका अध्यक्षको भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *