गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

२०७५ आश्विन १०, बुधबार १०:१७ गते २०७५ आश्विन १०, बुधबार १०:१७ गते २०७५ आश्विन १०, बुधबार १०:१७ गते

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदानलमही, १० असोज । दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो।

कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताउनुभयो। विद्यालयमा सुनपथरी नाका, सुकैया नाका, खिड्की नाका, सिमगजमरी र भैसाही नाकाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन्।

सडक, विद्युत् र सञ्चारको पहुँचदेखि टाढा रहेको उक्त विद्यालयमा कम्प्युटर शिक्षामा टेवा पुग्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो। यातायात समस्या भएकाले खरिद गरिएको सामान विद्यालयसम्म पु-याउन बाँकेको राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका हुँदै भारतको भिन्नगा, सिरसिया हुँदै भैसाही नाकाबाट ढुवानी गर्नु परेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *