दसैंअघि मेलम्चीको पानी नआउने निश्चित

२०७५ आश्विन ११, बिहीबार १०:३५ गते २०७५ आश्विन ११, बिहीबार १०:३५ गते २०७५ आश्विन ११, बिहीबार १०:३५ गते

दसैंअघि मेलम्चीको पानी नआउने निश्चितकाठमाडौं- दसै अगावै मेलम्चीको पानी काठमाडौं नआउने भएको छ।

दसैंअघि नै मेलम्चीको पानी सुन्दरीजल ल्याउने सरकारले घोषणा गरेको भए पनि पानी ल्याउन सम्भव देखिएको छैन। निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा सरकारको घोषणा पूरा नहुने भएको हो।

सुरुङ खनेर सम्पन्न भए पनि फिनिसिङको काममा ढिलाइ भएको छ। हालसम्म जम्मा १५.५ किलोमिटर सुरुङको फिनिसिङ गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ। हाल दैनिक १८० मिटरका दरले सुरुङ फिनिसिङको काम भइरहेको छ। यही गतिमा फिनिसिङको काम गरे एक महिनामा ५.५ किमि सम्पन्न हुन्छ। फिनिसिङ सम्पन्न गर्न कम्तीमा २ महिना १५ दिन लाग्नेछ।

मेलम्ची खानेपानी विकास समिति, एडिबी र निर्माण कम्पनीबीच बुधबार बसेको बैठकमा निर्माण कम्पनीले दुई महिनामा सम्पन्न गर्ने बताएको समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। निर्माण कम्पनीले अक्टोबर १५ सम्ममा काम सम्पन गर्ने बताउँदै आएको थियो।

मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ ब्रेकथ्रु गरिए पनि फिनिसिङको कामका ढिलाइ भएको छ। सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसनको काम सुरु भएको छैन। भेन्टिलेसनको काम सुरुङभित्रैबाट गरिने भएको छ।

त्यसका लागि पहाडमा प्वाल पार्ने तीन वटा मेसिन भारतबाट आउँदै गरेको पन्तले जानकारी दिए। समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सन बनाएर पानी ल्याउने तयारी गरिएको छ।
source:Nepal Live

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *