दशैंको मुखमा पैसा आउने सट्टामा यादवको शव आयो, परिवारमा रुवाबासीबिन्दु कुमार चौहान,लुम्बिनी । दशैंतिहार नजिकिँदै गईरहेको बेला स्वदेशमा काम नपाई वैदेशिक रोजगारको सिलसिलामा ढाई बर्षदेखि खाडी राष्ट्र मलेसिया गएका रुपन्देहीमा पैसा आउनुको सट्टा शव आएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार मलेसियामा बिषादी रक्सी सेवनबाट मृत्यु भएका १५ नेपाली मध्ये लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मसिना निवासी ३५ बर्षीय कान्छा भन्ने रामकुमार यादवको १३ औं दिनमा शव आएको हो । दशैंतिहारको मुखमा पैसा आउनुको सट्टा यादवको घरमा छोराको शव आएपछि निजको सात जना परिवार बिचल्लीमा परेको लुसाँनपा वडा ११ का वडा अध्यक्ष अक्रमुद्दीन मुसलमानले बताए ।
बडा दशैंअघि नै घर आउने श्रीमानको फोनमार्फत खबर सुनेर खुसीले घरआँगन सजाउकी उनकी श्रीमती रीता यादवले श्रीमानको शव देखेपछि एक्कासी मृत्युको पीडा सहन नसकेर अचेत अवस्थामा ईशारा गर्दै सँगै मर्ने सँगै बाँच्ने सपना अधुरो भएको दुखेसो पोखिन् । त्यसैगरि ठूलो बाकसमा बाबुले दशैंतिहारका लागि नयाँ कपडा र मीठा खानेकुरा सम्झी दगुर्दै नजिक पुग्दा बाबुकै शव देखेपछि अर्कोतर्फ सात बर्षीय छोरा रमेश यादव पनि पापा बिस्कुट खोई भन्दै रुँदै कराउँदै जमीनमा ढले । त्यति मात्र नभई ठूलो छोरा पट्टु यादवको क्रिया नहुँदै साहिला छोरा रमेश यादवको मलेसियाबाट घरमा शव आएपछि आफूलाई काँध थाप्ने सपना त बिपनामा आफैँले दुई छोराको काँध थप्नुपरिरहेको मृतकका पिता ७८ बर्षीय जल्लु यादवले पीडा सुनाए ।
त्यस्तै विदेशको भूमिमा छोरा गुमाउँदाको पछुत्तो नभई गाँउ, समाज र देशको सेवा गर्ने एउटा नेपाल आमाको छोरा गुमेपछि देश निर्माण अभियानमा एक नेपाली युवा घटेको चिन्ताले पिरोल्न थालेको निजको आमा चन्द्रबलि यादवले आँखाबाट आँशु बगाउँदै भनिन् । मलेसियाबाट रमेश यादवको शव आएपछि गाँउको होनहार युवा पुरै मसिना गाँउ नै शोकमा डुबेर यस बर्षको दशैंदिपावली समेत नमनाउने गाउँलेहरु मनस्थिति बनाउन थालेको समाजसेवी शिव प्यासीले बताए । स्वदेशको डल्लामा पसिना बगाई देश निर्माण गर्ने युवाहरु खाडी राष्ट्रमा गई मृत्युवरण गरिरहेको विभिन्न घटनाक्रमलाई नजर अन्दाज गरि राज्यले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने नीति अवलम्बन गर्न सुझाव समेत दिए ।
Views: 0