गरीबको सूचीमा नाम लेखाउने पूर्वमन्त्री ;गिरी

२०७५ आश्विन १४, आईतवार ०४:२४ गते २०७५ आश्विन १४, आईतवार ०४:२४ गते २०७५ आश्विन १४, आईतवार ०४:२४ गते

१४ असोज २०७५, आइतबार | पूर्व भूमिसुधार सहायकमन्त्री तथा नेपाली कांग्रेसका नेता जनकराज गिरीले आफ्नो नाममा गरिबको सूचीमा सूचीकृत गरेका छन्।

विपन्न नेपाली लक्षित सुविधा पाइने लालसाले बाजुरामा पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापकले नै आफ्नो नाम गरिबको सूचीमा लेखाएका छन्।

बाजुरा, बझाङ लगायतका जिल्लामा पूर्वमन्त्री, नेता, जागिरे र पहुँचवाला नै ‘गरिब हुँ’ भनेर परिचय पत्र लिन अघि सरेपछि गरीब
घरपरिवार पहिचान परिचय पत्र वितरणमा कति अनियमिता रहेछ भन्ने प्रष्ट हुन्छ।

अर्काको घरमा भेडा चराएर जीविकोपार्जन गर्ने बडिमालिका नगरपालिका ७ की ५५ वर्षीया माता लुहारको नाम भने गरीबको सूचीमा छैन।

खोज पत्रकारिता केन्द्रका लागि लेखिएको यो खबर आजको हिमाल साप्ताहिकले छापेको छ।

nepalkhaber

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *