छोरा र श्रीमानले मारेर वनमा फाल्दिउ भनेपछि आश्रय खोज्दै वृद्धाआश्रम आएकी बुढी आमा यसरी रोइन६ वर्षको उमेरमा विवाह गरेर पराई घर गएकी मैयाँ न्यौपानेले ९ वर्षको उमेरमा नै सौतेनी टोकेसो सहन पर्यो । श्रीमानले सानै उमेरमा कान्छी श्रीमती ल्याएपछि उनी हेला सहन नसक्ने अवस्थामा पुगिन् । सानै उमेरमा विवाह गरेर अर्काको घरमा गएकी मैया माथि सौतेनी टोकेसो त छदै थियो उता श्रीमानले पनि नराम्रो व्यवहार गेपछि घरमा बस्न सक्ने कुरा नै भएन् । त्यसकपछि उनी माइत जाने निर्णय गरिन् ।
माइतीमा बाबू आमा छदा सम्म त उनलाई कुनै दुख भएन् । माइतीमा बाबू आमा हुन्जेल त श्रीमान र सौताको व्यवहार बिर्सिसकेकी थिइन् ।
तर बाबू आमाको मृत्यु भएपछि माइतीका भाइ बुहारी भाउजुको लागि तगारो बनिन् । अन्ततः माइती बस्न नहुने रैछ भन्ने सोचेकी उनी फरि सौता ल्याएपछि छोडेर हिडेको घर नै फर्केर जाने निर्णय गरिन् । बुढेसकालमा घर गएकी मैयाको सन्तान भने थिएनन् ।
आफ्नो सन्तान नभएपछि न श्रीमानले नै राम्रो गरे न सौताका छोराछोरीले त्यसपछि झन उनी समस्यामा परिन् । घरमा सौताका छोराछोरी र श्रीमानसँग पनि बस्ने आधार नभएपछि छुट्टै बस्ने निर्णय गरेर एक्लै बस्न थालिन् तर उनको यो सोच पनि बिफल भयो ।
उनलाई मार्ने सम्मको योजनाहरु बनेको सुनेपछि उनी त्यहाँ बस्न नसक्ने भनेर रसुवा देखि काठमाडौँको पशुपतिमा रहेको वृद्धाश्रममा आश्रय लिएर बसेकी छन् । मैयाले रुदै भनिन्, ‘सौता, श्रीमान, छोराछोरी, बुहारी सबै थिए । तर म बढी भए त्यति धेरै जनामा म अटाउन सकिन खपिनसक्नुको हेला गरे । बस्न नसक्ने भए पछि आश्रय लिनकै लागि यहाँ आए ।’
घरमा बस्दा देख्न के खान्छौँ आमा भनेर नसोध्ने बुहारी कहिलेकाँही भेट्न आउँछे । घर जाँउ भन्दै थि । यही खुसी छु सबैकुरा पुगेको छ भने के चाहन्छेउ भनि टोपल्दै आएकी थि साह्रै जिउ दुखेको छ एक चौथाइ जति तेल भए ल्याइदेन भनेको थे त्यहाँदेखि आएकी छैन् ।
Views: 0