असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !!

२०७५ आश्विन १५, सोमबार ०६:३५ गते २०७५ आश्विन १५, सोमबार ०६:३५ गते २०७५ आश्विन १५, सोमबार ०६:३५ गते

असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !!असोज महिना तपाइको कसरि बित्नेछ ? राशीअनुसार पुरै महिनाको भाग्य हेर्नुस !!
मेष -काममा अपेक्षाकृत सफलता मिल्दै जानेछ । जोस–जाँगर बढ्नेछ भने आफ्नो इच्छानुसार काम गर्ने अवसर प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । मनमा भएको चिन्ता हटेर जानेछ ।

धैर्यपूर्वक सबैको कुरा सुनी तर्कपूर्ण विचार एवं व्यवहार प्रकट गर्न सके सम्भावित विवाद टर्न सक्छ । व्यावसायिक काममा सजग रहनुपर्ने समय छ । हडबड नगरी आरामपूर्वक सोच–विचार पुर्‍याएर काम गर्नुहोला ।

वृष -छोराछोरीको कुरालाई लिएर श्रीमान्सित बहस हुनसक्छ । आफ्नो जोडीले गरेको कुनै कार्य चित्त नबुभ््न सक्छ । शरीरमा रक्तचापको मात्रामा घटबढ हुनसक्छ । महिनाको उत्तराद्र्ध अनुकूल रहनेछ । तपार्इंको भावना बुझ्ने प्रयास गरिनेछ ।

मनमा खुसी बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । आर्थिक लाभ हुनेछ भने रोकिएका काम सुचारु हुनेछन् ।

मिथुन -पारिवारिक वातावरण सुखमय रहनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहला । छोराछोरीले तपाईंको कुरा बुझेर काम गर्नेछन् । विभिन्न व्यक्तिहरूसित भेटघाट गर्ने अवसर जुर्नेछ ।

काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त हुुन्छ । मनमा भएको कुरा खुलस्त रूपमा प्रकट गर्न सके मानसिक बोझ कम हुनेछ । पारिवारिक खुसीका साथै आफ्नो स्वास्थ्यका लागि पनि केही समय छुट्याउनुहोला ।

कर्कट -रीरिक एवं मानसिक रूपले स्वस्थ भइनेछ । काम गर्ने उत्साह वृद्धि हुनेछ । मनमा प्रसन्नता छाउनेछ । कतै घुमघाम गर्ने अवसर जुट्नसक्छ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ ।

कसैकसैलाई रोजगारीको सम्भावना छ । काममा अपेक्षित सफलता हात पर्नेछ । साथीभाइहरूसित रमाइलो भेटघाट गर्ने अवसर जुर्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।

सिंह -पारिवारिक वातावरण सुखमय रहनेछ । विभिन्न कार्यक्रममा महत्वपूर्ण मानिसहरूसित भेटघाट गर्ने अवसर जुर्नेछ । इच्छाइएका सबै काम सम्पन्न हुनेछन् । मान–सम्मान मिल्नुका साथै तपाईंको इच्छा तथा सुख–दु:खको पनि ख्याल गरिनेछ ।

आर्थिक पक्ष सुदृढ होला । कतै घुमघामको अवसर जुट्नसक्छ । कुनै कामले आपूबाट टाढा भएका प्रियजनको सम्झना आउँदा मन भावुक हुनसक्छ । खानपानमा ध्यान दिनसके सम्भावित स्वास्थ्य समस्या टर्नेछ ।

कन्या-व्यस्तताले भरिपूर्ण महिना छ । छोटो समयमा धेरै काम भ्याउनुपर्दा केही गार्‍हो हुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले आफ्नो काम आफै गर्ने प्रयास गर्नुहोला । अलिकति समय आफ्नो व्यक्तिगत कार्यका लागि पनि छुट्याउनुहोला ।

रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले खानपानमा विशेष सजग रहनुपर्नेछ । धैर्यपूर्वक एकपछि अर्को गर्दै कार्य सम्पन्न गर्नु सहज होला । कसैको चित्त नदुख्ने गरी आफूलाई जे काम गर्दा प्रसन्नता प्राप्त हुन्छ, त्यही गर्नुहोला ।

तुला -पारिवारिक सुख प्राप्त हुनेछ भने घरका कतिपय सामग्री हेरफेर हुनसक्छन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । परिवार, श्रीमान् तथा छोराछोरी सबैबाट माया एवं सहयोग मिल्नेछ ।

आपूलाई मनपर्ने चीजबीज खरिद गर्न पाइनेछ । सबैले तपाईंको स्वाद एवं इच्छाको ख्याल गर्नेछन् । कुनै कामको जिम्मेवारी आइलाग्नसक्छ । काममा अपजस मिल्नसक्ने भएकाले कसैको भर नपरी आफै काम गर्ने प्रयत्न गर्नुहोला । खानपानमा पनि सजग रहनुपर्ने समय छ ।

वृश्चिक-यात्रा हुनसक्छ । काममा सफलता हात पर्नेछ । कसैकसैलाई उपहार, पुरस्कार वा सम्मान मिल्नसक्छ । परिवारका सदस्यहरूले तपाईंको सुख–दु:खको ख्याल गर्नेछन् । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । काम गर्ने जाँगर वृद्धि हुनेछ भने शरीर पनि स्वस्थ देखिन्छ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ ।

धनु -अपेक्षाअनुरूप काममा सफलता मिल्दै जानेछ । समस्याहरू समाधान हुनेछन् । कुनै विशेष कार्यमा सफल भइनेछ । श्रीमानबाट अपेक्षित माया एवं सद्भाव प्राप्त होला । आर्थिक पक्ष पनि सुदृढ रहनेछ ।

नयाँ एवं पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । आफ्नो इच्छानुसार काम गर्ने अथवा समय बिताउने अवसरसमेत प्राप्त होला । काम विशेषले आफूबाट टाढा भएका प्रियजनसित भेटघाट हुनेछ ।

मकर-सानोतिनो कामका लागि पनि निकै खट््नपर्नेछ । आकस्मिक कामहरू आइलाग्नसक्छन् । कार्यतालिका बनाई काम गरे सहज हुनेछ । महिनाको उत्तराद्र्ध अनुकूल रहनेछ । घर एवं माइतीबाट अपेक्षित सहयोग मिल्नेछ ।

कुनै महत्वपूूर्ण काममा सहभागी हुने अवसर जुट्नेछ । श्रीमान्बाट सोचेजस्तै सहयोग एवं माया पाइनेछ । अनावश्यक कुराबाट टाढा रहनसके विवादमा परिने छैन ।

कुम्भ-पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै धार्मिक काममा संलग्न हुने अवसर जुट्नेछ । उपहार प्राप्तिको योग छ । गरगहना जोरिने सम्भावना पनि छ । आर्थिक पक्ष सुदृढ रहनेछ ।

दाम्पत्य जीवनमा सोचेजस्तै माया एवं समझदारी कायम रहनेछ । छोराछोरीले अपेक्षाअनुरूप कार्य गर्नेछन् । प्राय: सबै काम तपाईंकै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् । कामका साथसाथै आफ्नो स्वास्थ्यलाई पनि समय दिनुहोला । आपूलाई कुनै कुुरा चित्त नबुझेको खण्डमा विनम्रतापूर्वक सम्बन्धित व्यक्तिसमक्ष व्यक्त गरे समस्या टर्नसक्छ ।

मीन -यात्रा हुनसक्छ । परिवारका सदस्यहरूसित रमाइलो समय बिताउने मौका मिल्नेछ । काममा अपेक्षित सफलता हात पर्नेछ । महिनाको पूर्वाद्र्धमा दम्पतीको विचारमा विविधता देखिए पनि उत्तराद्र्धमा एकरूपता आउनेछ ।

मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । ग्यास्ट्रिक एवं रक्तचापको समस्या भएकाहरूले आफ्नो खानपान एवं रहनसहनको ख्याल गर्नुहोला । घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । साभार ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *