यूरोपमा फेसबूकमाथि साढे १ खर्ब डलर बढी जरिवानायूरोपमा फेसबूकमाथि साढे १ खर्ब डलर बढी जरिवाना
असोज १५, बस्रेल्स (बेल्जियम) । सामाजिक सञ्जाल फेसबूकलाई यूरोपमा जरिवाना तिराइएको छ । गत हप्ता मात्रै फेसबूकका ५ करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको थियो । यसै मामिलामा यूरोपेली सङ्घ (ईयू)को गोपनियता हेर्न निकाय कम्पनीलाई १ अर्ब ६२ करोड डलर बराबरको जरिवाना तिराएको हो ।
आइतवार वाल स्ट्रिट जर्नलमा छापिएको समाचारअनुसार आयरल्याण्डको डाटा सुरक्षण आयोग (डीपीसी)ले कम्पनीलाई यस मामिलाबारे थप विवरण बुझाउन आदेश पनि दिएको छ । ‘तथ्याङ्क चोरीसम्बन्धी मामिलामा डीपीसीले फेसबूकलाई १ अर्ब ६३ करोड डलरसम्म जरिवाना तिराउन सक्छ,’ समाचारमा भनिएको छ ।
ह्याकरहरुले ५ करोड खाता ह्याक गरेर सूचनाहरु चोरेको कम्पनीले मङ्गलवार नै कम्पनीले थाहा पाएको थियो । ‘सो घटनामा लाखौं प्रयोगकर्ताका एकाउन्ट प्रभावित भएको थियो तर फेसबूकले सो हमलाको प्रकृति र यसले प्रयोगकर्तालाई हुन सक्ने खतराबारे स्पष्ट पार्न सकेन,’ डीपीसीको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ ।
यस मामिलाबारे ईयूको नियामकले सोध्ने प्रश्नहरुको उत्तर कम्पनीले दिने फेसबूक प्रवक्ताले बताइन् । यो क्याम्ब्रिज एनालिटिकालाई प्रयोगकर्ताको निजी सूचना बेचेयताकै ठूलो सूचना उल्लङ्घनको घटना हो । ह्याकरहरुले करीब ५ करोड प्रयोगकर्ताको ‘एक्सेस टोकन’ चोरेर निजी सूचनाहरु लिएको शुक्रवार फेसबूकले स्वीकार गरेको थियो ।
एक्सेस टोकन भनेको विद्युतीय साँचो (डिजिटल कि) हो । यसको प्रयोग मार्फत फेसबूक चलाउँदा प्रयोगकर्ताले हरेक पटक आफ्नो पासवर्ड हानिरहनु पर्दैन । कम्पनीले ‘भ्यू एज’ फिचर प्रयोगक गरिएका थप ४ करोड फेसबूक एकाउन्टको एक्सेस टोकन रिसेट समेत गरेको फेसबूकले बताएको छ । एजेन्सी
Views: 0