नेपाल प्रहरीमा एकसाथ ६८७६ जनालाई जागिर खुल्यो (सूचीसहित)
कुचिकारदेखि इन्सपेक्टरसम्म बन्ने अवसर
काठमाडौं : नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले खेलाडीदेखि इन्सपेक्टरसम्मका लागि भर्ना खोलेको हो ।
प्रहरी प्रधान कार्यालयले सोमबार निकालेको भर्नाबारेको सूचनामा समावेशी नियम अनुसार भर्नाका लागि १०८ जना इन्सपेक्टर मागिएको छ। यो समूहमा ५८ जनाले खुल्लातर्फबाट इन्स्पेक्टरमा भिड्न सक्नेछन् ।
प्रहरी प्रधान कार्यालयल जुनियर अधिकृततर्फ एकसाथ ५२४ जना प्रहरी सहायक निरीक्षकमा पनि भर्ना खोलेको छ। यसतर्फ २८३ जनाले खुल्लाबाट असईमा भिड्न सक्नेछन् । बाँकी भने समावेशी समूहबाट भर्ना गरिने प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
यी पदमा प्रतिस्पर्धा गर्नका लागि सातैवटा प्रदेश प्रहरी कार्यालय तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म दरखास्त फाराम भर्न सकिनेछ । त्यसपछि प्रहरी प्रधान कार्यालय छनोट प्रक्रिया थाल्नेछ ।
प्रहरी प्रधान कार्यालयले ६ हजार २४४ जना जवान पदका लागि पनि प्रहरी प्रधान कार्यालयले भर्नाका लागि सूचना निकालेको छ ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी (भान्से) ३२० जना, हजाम १५ जना, सिलाईबुनाई गर्ने १२ जना, कुचिकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यी पदका लागि देशभरका जिल्ला प्रहरी कार्यालयबाटै दरखस्त दिन सकिनेछ । प्रहरी जवान तथा अन्य पदका लागि भर्ना छनोट तथा प्राराम्भीक स्वास्थ्य जाँचको काम समेत सम्बन्धित जिल्लामै हुने जनाइएको छ ।annapurnapost
Views: 0