निरुता सिंहले काम गर्ने पक्का

२०७५ आश्विन १६, मंगलवार ०४:३२ गते २०७५ आश्विन १६, मंगलवार ०४:३२ गते २०७५ आश्विन १६, मंगलवार ०४:३२ गते

१६ आश्विन २०७५, मंगलवारकाठमाडौँ मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हो।

गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो ।

नायिका निरुता सिंह र नायक उत्तम प्रधानको जोडीलाई फेरि एकपटक पर्दामा ल्याउने तयारी निर्देशक घिमिरेको थियो । तर, निरुताले भने अन्तिम समयमा आएर चलचित्रमा काम नगर्ने जानकारी दिएकी हुन् । निरुताले अनलाइनखबरसँग भनिन्-‘मलाई लभ स्टेशनमा काम गर्न खुबै मन थियो ।

तर, अहिले मेरो बुबा बिरामी भएर मुम्बइमा नै उपचार भैरहेको हो । यसैले, मेरा लागि पहिलो प्राथमिकता मेरो बुबा हुनुहुन्छ हो।’

onlinnews

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *