शसस्त्रप्रहरी को बार्षीक लक्ष्य ३ महिनामा ५० % पुरा, १७ प्रतिसतले राजश्व बृद्धि

२०७५ आश्विन १६, मंगलवार १२:३९ गते २०७५ आश्विन १६, मंगलवार १२:३९ गते २०७५ आश्विन १६, मंगलवार १२:३९ गते

शसस्त्रप्रहरी को बार्षीक लक्ष्य ३ महिनामा ५० % पुरा, १७ प्रतिसतले राजश्व बृद्धिबिष्णुकुमार देवकोटा
नेपालगंन्ज १६ असोज

शसस्त्र प्रहरी बलको राजश्व बृद्धि अभियान अन्तर्गत रुपैडिहा भन्सारको सुरक्षा र राजश्व चुहावटका बिरुद्ध आफ्नो अभियान तिब्र पारेको छ ।
भन्सारको सुरक्षा, अबैध सामनाहरुको निकासी पैठारी तथा भन्सार चुहावट रोक्न शसस्त्रप्रहरी बल ३० नम्बर गण सक्रिय रहेको शसस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले जानकारी दिनुभयो ।

शसस्त्र प्रहरीबलको सकृयताको दूरगामी प्रभावका शुखद् लक्षणहरुका देखिन थालेको स्थानीय व्यापारी महेन्द्र सिंहले बताउनुभयो । आर्थीक बर्ष २०७५/७६ को पछिल्लो तीन महीनाको भन्सार छलिको सामन जफतगरी उठेको कुलराजश्व रकम बार्षीक लक्ष्यको आधा हो ।

शसस्त्र प्रहरी लाई आर्थीक बर्ष २०७५/७६ का लागी दिइएको ८ लाख मध्ये पछिल्लो तीन महिनामा ४ लाख ८१ हजार ९ सय २९ रुपैयाँको लक्ष्य हासिल गरेको शसस्त्र प्रहरीका एसपी भेष शहादुर शाहले जानकारी दिनुभयो । शसस्त्र प्रहरी बलको सकृयतामा ४.६२ क्यूफिट काठ, ७.५५ क्यूफिट गोलिया काठ थान १ समेत जफत गरीएको शसस्त्रप्रहरी बल ले जनाएको छ ।

शसस्त्रप्रहरी बल र यसैगरी भारतीय सुरक्षा फौजले अन्तरदेशीय अपराध रोकथाम, रमजश्व चुहावटमा सुन्य सहनसीलता तथा देशको सीमा सुरक्षका लागी दुवै देशका फौजहरु समन्वय गरी अघिबढ्ने समझदारी भएको भारतीय सुरक्षा फौजका कमाण्डर पवन कुमारले जानकारी दिनुभयो ।

राजश्व चुहावट रोक्न तथा राजश्व बृद्धिगर्न शसस्त्र प्रहरी बलको चौलिक्का चेक पोष्ट सहायक सिद्ध भएको स्थानीय महेन्द्र सिंहले बताउनुभयो ।
शसस्त्र प्रहरीका अनुसार बिभिन्न चोरबाटोहरुबाट चोरी पैठारीका सामानहरु सिज गर्नका लागि चौलिक्का चेकपोष्टको स्थापना गरिएको जानकारी शसस्त्रप्रहरी बल श्रोतले जनाएको छ ।

भन्सार छलिका बिरुद्धमा सशक्त अभियान संचालन गरीरहेको शसस्त्र प्रहरील भन्सार चुहावटका बिरुद्धमा सुन्यसहनसीलताको निती अख्तियारगरेको एसपी भेष बहादुर शाहले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *