के कारणले किन देखिन्छ सपना ? तपाईंले देखेको सपना भुल्नुहुन्छ ? हेर्नुहोस्

२०७५ आश्विन १७, बुधबार १०:०४ गते २०७५ आश्विन १७, बुधबार १०:०४ गते २०७५ आश्विन १७, बुधबार १०:०४ गते

के कारणले किन देखिन्छ सपना ? तपाईंले देखेको सपना भुल्नुहुन्छ ? हेर्नुहोस्
काठमाडौं । निदाएपछि देखिने सपना अनेक किसिमका हुन्छन् । कहिले हामीले सपना सम्झिन सक्छौं भने कहिले सम्झिन सक्दैनौं। कहिले त हामीले सपना देखें कि, देखिन भन्ने याद पनि रहँदैन। यो हामी सुतिरहेको समयमा आँखा र दिमागको स्थितिमा भर पर्ने कुरा हो।

सुतिरहेको समयमा मानिस दुईवटा स्थितिमा रहन्छ। एउटा स्थिति र्यापिड आइ मुभमेन्टु अर्थात आँखाको चलायमान अवस्था हो भने, अर्को नन-‘र्यापिड आइ मुभमेन्ट अर्थात आँखा चलायमान नभएको अवस्था हो । सपना नदेख्नु भनेको नन-र्यापिड आइ मुभमेन्ट हो। यदि सुतेको समयमा हामी र्यापिड आइ मुभमेन्टमा छौं भने सपना देखिन्छ । कहिले काहीं हामीले सपना देखिरहेका हुन्छौं, केही कुरा निन्द्रामै भन्न खोजिरहेका हुन्छौं, तर भन्न सकिरहेका हुँदैनौं।

कोही व्यक्ति त निन्द्रामै आँखा खोलिरहेका तर शान्त देखिन्छन् । त्यतिबेला पनि उनीहरु सपनामा हुन्छन्, जसलाई स्लिपिङ्ग प्यारालाइसिस भनिन्छ । निन्द्रामा हिंड्नु, बोल्नु, स्लिपिङ्ग प्यारालिसिस हुनु कुनै रोग होइन कहिलेकाहीं हामीले सपना देख्छौं, जस्तै कतै उडेको, घुमेको आदि । त्यो समयमा हामी सपनामा मात्र नभएर वास्तविक जीवनमै त्यसो भैरहेको र हामी रमाइरहेको महसुस गर्छौं।

कहिलेकाहीं डरलाग्दो सपना देख्छौं र सपनामा देखेको त्यो कुरालाई वास्तविक जीवनमै भएको ठानेर डराउने गर्छौं। त्यस्तो अवस्थालाई लुसिड ड्रिमिङ्ग भनिन्छ । लुसिड ड्रिमिङ्गमा रहेर सपना देख्ने व्यक्तिले यदि आफ्नो कन्सस माइन्ड प्रयोग गर्छ भने उसले आफ्नो चाहे जस्तो सपना देखेर सपनाको मज्जा लिन पनि सक्छ।

पूरानो मान्यता अनुसार, हामीले देख्ने सपनाले भोलीको दिनमा घट्न सक्ने घटनाहरुको बारेमा बताउँछन्। तर, वैज्ञानिकहरुले भने यसलाई प्रमाणित गर्न सकेका छैनन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *