मोटोपनाबाट छुटकारा पाउने अचुक उपाय :जिरा र कागतीको प्रयोग

२०७५ आश्विन १७, बुधबार १३:३५ गते २०७५ आश्विन १७, बुधबार १३:३५ गते २०७५ आश्विन १७, बुधबार १३:३५ गते

मोटोपनाबाट छुटकारा पाउने अचुक उपाय :जिरा र कागतीको प्रयोग
जो मानिसहरु मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ र त्यसको लागि विभिन्न तरिका अपनाएर थाकिसक्नु भएको छ भने आज हामी तपाईंलाई मोटोपनाबाट छुटकारा पाउने अचुक उपायबारे जानकारी दिदै छौं । निकै साधारणजस्तो देखिने यो प्रयोग अपनाएको थोरै दिनभित्रै तपार्ईले नतिजा देख्नसक्नुहुन्छ । सबैभन्दा ठूलो कुरा त के छ भने यो तरिका निकै सजिलो छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

यो हो तरिकाः
दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

कसरी गर्छ काम ?
जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

सावधान! यसो नगर्नुहोस्ः
यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

ना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

यी कुराहरु ध्यानमा राख्नुहोस्ः
मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

यदि छिटो नतिजा पाउन चाहनुहुन्छ भने माथि भनिएका कुरा सँगै केही व्यायाम पनि गर्नुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *