एम्बुलेन्स रातभर जाममा, बिरामीको बाटैमा मृत्यु

२०७५ आश्विन १७, बुधबार १४:०४ गते २०७५ आश्विन १७, बुधबार १४:०४ गते २०७५ आश्विन १७, बुधबार १४:०४ गते

एम्बुलेन्स रातभर जाममा, बिरामीको बाटैमा मृत्युबिरामीको मृत्यु भएपछि चितवन फर्कदै गरेको एम्बुलेन्स र एम्बुलेन्स भित्र मृतक रजनी चौधरी । तस्बिर : अन्नपूर्ण

धार्के : चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ।

नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो।

चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

चौधरीलाई बोकेको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकैको टायलघर पार गर्न नसक्दा उनको मृत्यु भएको हो। बाटोमै बिरामीको मृत्यु भएपछि जाम खुल्नासाथ एम्बुलेन्स शव लिएर चितवन फर्किएको छ।

नौबिसेदेखी नागढुङगासम्म सधैजसो हुने जाम हटाउन भन्दै काठमाडौँ जिल्लाको पिपलामोडदेखी नागढुङगासम्मको दुई किलोमिटर बाटो मर्मत थालिएसँगै जाम बढेको छ।

यो सडकखण्डमा जाम हुँदा यात्रुको बिचल्ली हुने गरेको छ। राजधानी भित्रने गाडीको लाइन नागढुङगादेखि ४५ किलोमिटरको दूरीमा रहेको सिम्ले बजारसम्म पुग्ने गरेको छ।

९ घण्टासम्म जाममा
नीलकण्ठ नगरपालिका–३ की सरिता श्रेष्ठ बुधबार बिहान काठमाडौंबाट धादिङवेसीको लागि बिहान ६ बजे गाडी चढिन् । कलङ्कीदेखि जाममा परेकी श्रेष्ठ ९ घण्टा लगाएर अपरान्ह ३ बजेमात्रै धादिङवेसी आइपुगिन् । जब कि धादिङ–काठमाडौं सामान्य अवस्थामा जम्मा ३ घण्टामै पार गर्न सकिन्छ ।

सरिता झैँ दैनिक हजारौँ यात्रु घण्टौँसम्म जाममा पर्दै आएका छन् । त्रिभुवन राजपथ अन्तरगत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्याधिक भार बोकेका गाडीका कारण खाल्डा पर्नुको साथै भास्सिएर कुलो जस्तो बन्दै जान थालेपछि काठमाडौंस्थित सडक डिभिजन कार्यालय मर्मत थालेको थियो ।

सडक विभागले काम सहज बनाउन सोमबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालनी गर्दा लामो दूरीका सवारी साधन ९ देखि १४ घण्टासम्म जाममा बस्न बाध्य छन् ।
annapurnapost

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed