बच्चालाई कुट्ने गर्नु त छैन ? सावधान ! यस्तो समस्या आउन सक्छ ।

२०७५ आश्विन १७, बुधबार १४:०७ गते २०७५ आश्विन १७, बुधबार १४:०७ गते २०७५ आश्विन १७, बुधबार १४:०७ गते

बच्चालाई कुट्ने गर्नु त छैन ? सावधान ! यस्तो समस्या आउन सक्छ ।बच्चाहरुले विभिन्न कारण पिटाई खाने गर्दछन् कहिले खेलौना बिगार्दा, कहिले होमवर्क नगर्दा, कहिले लामो समय टिभी हेर्दा, कहिले विहान चाडै नउठ्दा बच्चाले आमाबुवाको गाली खानुपर्छ, पिटाइ खानुपर्छ । बच्चाले जानेर वा नजानेर गल्ती गर्छन् । उनीहरुमा सबै कुराको ज्ञान हुँदैन त्यही कारण राम्रो गर्न खोज्दा खोज्दैपनि उनीहरुले काम विगार्छन् ।

यस्तो अवस्थामा अभिभावक रिसाउँछन्, बच्चालाई गाली गर्छन्, कुटपिट गर्छन् । अभिभावक सोच्छन् कि, बच्चालाई डर देखाउँदा, गाली गर्दा, कुटपिट गर्दा उनीहरु सुध्रिन्छन् । तर, यस किसिमको व्यवहारले बच्चामा कस्तो असर गर्छ ?

कुटेर सम्झाउने वा सिकाउने शैली
मनोविज्ञहरु भन्छन्, अभिभावकहरुको सोचाईमा बच्चालाई कुटेर कुनैपनि कुरा सिकाउन वा सम्झाउन सकिन्छ भन्ने हुन्छ । उनीहरु यस्तै तरिका अपनाएर बच्चालाई कति कुरा सिकाइरहेका हुन्छन् । किनभने कुटेपछि उसले दोस्रो पटक गल्ती दोर्होयाउँदैनन् । तर, यो गलत धारणा हो ।
बच्चालाई कुनैपनि कुरा सम्झाउन, बुझाउन, सिकाउनका लागि कुट्ने शैली ठीक होइन । बच्चाहरुले यसबाट राम्रो कुरा सिक्दैनन्, बरु उनीहरुमा मानसिक आघात पर्न सक्छ । कति बच्चालाई त के पनि थाहा हुँदैन भने, मैले किन पिटाई खाइरहेको छु । वा, मेरो आमाबुवाले मलाई किन पिटिरहनुभएको छ ?

प्रेमपूर्वक सम्झाउनुहोस्

मानौ, बच्चाले कुनै काम विर्गार्यो वा गल्ती ग¥यो भने त्यसको बदलामा गाली गर्नु ठीक होइन । वा कुटपिट गरेर पनि उनीहरुको बानी सुधार्न सकिने होइन । बरु, उनीहरुले जे गल्ती गरिरहेका छन्, त्यो काम ठीक होइन भन्ने कुरा महशुुष गराउनु पर्छ । उनीहरुलाई अनुभूत हुनुपर्छ कि, मैले गरेको कामले राम्रो नतिजा दिदैन । यस्तो काम गर्नु हुँदैन ।
अक्सर बच्चाहरु प्रेमको भोका हुन्छन् । उनीहरुलाई प्रेमपूर्वक गरिएको व्यवहार मन पर्छ । जब उनीहरुले केहि गल्ती गर्छन्, त्यसबारे पनि प्रेमपूर्वक सम्झउन सकिन्छ । यसले बच्चामा सकारात्मक प्रभाव पर्छ ।

शारीरिक हिंसाले गलत प्रभाव

बच्चालाई कुटेर, सजाय दिएर सहि दिशामा डोर्होयाउन सकिन्छ भन्नु अवैज्ञानिक सोंच हो । शारीरिक हिंसाले बच्चालाई आक्रमक बनाउँछ । जिद्दी बनाउँछ । यसले गतल बाटोमा लाग्ने खतरा पनि रहन्छ । जब बच्चालाई शारीरिक यातना दिइन्छ, उनीहरुको मनोवल कमजोर हुन्छन् । आत्माविश्वास कमजोर हुन्छ । डरपोक बनाउँछ ।

अपमानित महशुष गर्ने

कुनैपनि गल्ती गर्दा बच्चालाई गाली गर्ने वा कुट्ने व्यवहारले नराम्रो असर पर्छ । यसले बच्चामा अपमानित भएको महसुष हुन्छ । उनीहरु साथीका अगाडि निर्धक्क प्रस्तुत हुन पनि सक्दैनन् । कुनैपनि काम गर्नुपर्दा मनमा डर पैदा हुन्छ, फलत उसले त्यसलाई राम्रो ढंगले सम्पादन गर्न सक्दैनन् ।
के भन्छ अध्ययन ?
अमेरिकामा गरिएको एक अध्ययन अनुसार अभिभावकहरु बच्चालाई सुधार्नका लागि कुट्ने तरिका अपनाउने गरेका छन् । यसरी कुट्दा उनीहरु सुध्रिने होइन, थप आक्रमक एवं रिसाह हुने पाइएको थियो । अधिकांश बच्चा कुटाई खाएको १० मिनेटभित्रै फेरी अर्को बदमासी गर्न सुरु गर्छन् । किनभने उनीहरुमा उग्र स्वभाव विकास भइसकेको हुन्छ ।

के गर्ने ?

– बच्चाले गल्ती गर्छन् र गल्तीबाटै सिक्छन् पनि । त्यसैले बच्चाको हरेक काममा परिपक्कता खोज्नुहुन्न ।
– कहिले कहिं बच्चाले जिद्दी गर्न सक्छन्, झगडा गर्न सक्छन् । यस्तो अवस्थामा उनीहरुलाई तुरुन्तै प्रतिकार गर्ने होइन । केहि क्षण शान्त हुन दिने । शान्त भइसकेपछि सम्झाउनु पर्छ ।
– बच्चालाई झुटो आश्वसन दिन हुन्न । उनीहरुलाई लोभ देखाएर, डर देखाएर कुनैपनि काम गर्न प्रेरित नगरौं ।
– बच्चा कसरी खुसी हुन्छन् भन्ने कुरामा ख्याल गर्नुहोस् । घरलाई बालमैत्री बनाउनुहोस् ।
– बच्चासँग खेल्नुहोस्, रमाउनुहोस् । बच्चालाई बच्चा जस्तै हुन दिनुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *