दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना

२०७५ आश्विन १९, शुक्रबार ०४:५६ गते २०७५ आश्विन १९, शुक्रबार ०४:५६ गते २०७५ आश्विन १९, शुक्रबार ०४:५६ गते

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजनापोखरा, १९ असोज । दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिनुभयो ।

शान्ति सुरक्षाकै लागि सशस्त्र प्रहरीले समेत १५० सुरक्षाकर्मी र राष्ट्रिय अनुसन्धानको टोली पनि पोखराको मुख्य–मुख्य चोकमा परिचालित हुनेछ ।
पोखराको मुख्य चोकका नौ स्थानमा सिआरभी टोली खडा हुनेछ । अस्थायी प्रहरी पोष्ट २० स्थानमा, ग्रामीण क्षेत्रमा १४ गस्ती प्रहरी टोली, सहरी क्षेत्रमा छ मोबाइल टोली परिचालन हुनेछ ।

आर्थिक कारोबार हुने बैंक तथा सहकारी संस्था र व्यापारिक केन्द्रमा गस्ती टोली, नवदुर्गाको पूजाको समयमा भीड लाग्ने विभिन्न मन्दिर विन्ध्यवासिनी, भद्रकालीलगायतका मन्दिरमा सुरक्षा व्यवस्था कडा पारिने छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *