घटस्थापनाको भोलिपल्ट ३९४ दिन पछि दुर्लभ संयोग जुर्दै ! यी राशिलाई मिल्नेछ लाभ !

२०७५ आश्विन १९, शुक्रबार ०८:३७ गते २०७५ आश्विन १९, शुक्रबार ०८:३७ गते २०७५ आश्विन १९, शुक्रबार ०८:३७ गते

घटस्थापनाको भोलिपल्ट ३९४ दिन पछि दुर्लभ संयोग जुर्दै ! यी राशिलाई मिल्नेछ लाभ !विक्रम संवत् २०७५ अश्विन शुक्ल पक्ष असोज २५ गतेको दिन बृहस्पति वृश्चिक राशिमा गोचर हुँदैछ। बृहस्पति एक राशिमा एक वर्ष सम्म बस्ने गर्छ। राशि गोचरको कारण विभिन्न राशिलै फरक असर पर्ने गर्छन्। हेर्नुहोस् बृहस्पतिको राशि गोचरले कुन राशिलाई कस्तो असर पुर्याउछ त ?

मेष -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै मेष राशिको आठौँ भावमा रहने छ। जसको कारण धार्मिक गतिविधिहरूमा चासो बढ्नेछ। आर्थिक कमै राम्रै हुने भएता पनि खर्च पनि छिट्टै हुन सक्ला। बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। तर वाहन सुख भने पक्कै मिल्न सक्ला।

वृष -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै वृष राशिको सातौं भावमा रहेन छ। प्रेम सम्बन्धमा केहि नयाँपन मिल्नेछ भने नयाँ कार्य थालनीको योजनाको पनि शुरु हुन सक्ला। आत्म-विश्वासमा वृद्धि साथै उचित सहयोग मिल्नाले हरेक कार्य सफल हुन सक्ला।

मिथुन -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै मिथुन राशिको छैठौ भावमा रहेन छ। कठिन परिश्रम पछि मात्रै सफलता मिल्ने देखिन्छ भने कर्यक्षेत्रमा उचित सहयोग मिल्नेछ। तर प्रेमको मामलामा भने संयम रहनुनै बुद्धिमानी ठहरिनेछ। यात्रा साथै आर्थिक कार्य सफल हुन सक्ला।

कर्कट -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै कर्कट राशिको पाचौं भावमा रहेन छ। परिवार साथै कार्यस्थलमा झगडाको स्थिति हुनेछ। जागिरको शिलशिलामा भने सफल यात्रा हुन सक्ला। अचानक धन लाभ मिल्नाले मनमा सकारात्मक प्रभाव भने पक्कै पर्नेछ। स्वास्थ्य सामान्य रहला।

सिंह -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै सिंह राशिको चौथो भावमा रहेन छ। भौतिक सुखमा कटौती हुने देखिन्छ भने आफ्नो अचल सम्पती पनि बिक्रि गर्नु पर्ने अवस्था आउने देखिन्छ। स्वास्थ्य मात्र नभई पारिवारिक समस्याले पनि सताउने देखिन्छ। नयाँ जिम्मेवारी मिल्नेछ।

कन्या -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै कन्या राशिको तेस्रो भावमा रहेन छ। पारिवारिक समस्याको कारण मनमा अशान्ति छाउन सक्ला भने यात्रा गर्दा पनि संयम रहनु होला। कानुनी कार्य गर्दा पनि संयमता अपनाउनु पर्नेछ। हदै सम्मको परिश्रम पछि मात्रै आर्थिक लाभ मिल्नेछ।

तुला -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै तुला राशिको दोस्रो भावमा रहेन छ। पहिला टुटेका सम्बन्धहरु फेरी मजबुत हुने समय आउन सक्ला। साथै पहिला अड्किएको कार्य पनि फेरी शुरु हुने देखिन्छ। पद, प्रतिष्ठा अथवा सम्मानमा पनि वृद्धि हुने देखिन्छ। स्वास्थ्य राम्रो होला।

वृश्चिक -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै वृश्चिक राशिको पहिलो भावमा रहेन छ। गोचरको कारण प्रेम-प्रसंगमा सुधार आउने देखिन्छ भने पारिवारिक सम्बन्ध पनि बलियो भएर जानेछ। सोचेको सम्पूर्ण कार्य सफल हुनाले मनमा शान्ति छाउने देखिन्छ। धर्म-कर्ममा मन जानेछ।

धनु-बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै धनु राशिको बार्हौ भावमा रहेन छ। विदेश यात्रा गर्नेहरुको लागि समय धेरै राम्रो हुनेछ। खर्च बढ्न सक्ला भने भौतिक सुखमा अत्याधिक खर्च हुनाले आर्थिक समस्यामा वृद्धि हुनेछ। विरोधी परास्त हुनेछन् भने मित्रहरुसँग भेटघाट हुन सक्ला।

मकर -बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै मकर राशिको एघारौं भावमा रहेन छ। नयाँ प्रेम सम्बन्ध शुरु हुन सक्ला भने सन्तानको तर्फबाट सुख प्राप्त हुनेछ। यात्रा सफल हुने देखिन्छ भने आर्थिक लाभ पनि भनेको जस्तै मिल्नेछ। परीक्षामा सफलता मिल्न सक्ला तर आत्म-विश्वासको कमि नहोस् भन्नको लागि मानसिक रुपमा बलियो बन्न आवश्यक रहनेछ।

कुम्भ-बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै कुम्भ राशिको दशौँ भावमा रहेन छ। आर्थिक स्थिति मजबूत हुने देखिन्छ भने व्यक्तित्वमा पनि अहम परिवर्तन आउन सक्ला। परिवारको स्थितिमा सुधार आउनाले कार्यस्थलमा धेरै ध्यान जानेछ। आर्थिक लाभ उच्च हुनाले मानसिक तनाव द्केही पनि छुटकारा मिल्नेछ।

मीन-बृहस्पति वृश्चिक राशिमा गोचर भएसँगै कुम्भ राशिको नवौं भावमा रहेन छ। बौद्धिक पराक्रम बढेर जाने हुँदा सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ। मानसिक उर्जामा वृद्धि हुनाले परिश्रम गर्ने जाँगर आउनेछ। स्वास्थ्य राम्रै रहला भने यात्रा पनि सफल हुनेछ। प्रेमीबाट उपहार मिल्न सक्ला।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *