२० आश्विन २०७५, शनिवार काठमाडौं
उनका अनुसार आठबीस नगरपालिकामा उपस्थित नै नभएकी जानकी शाहीलाई लिखित परीक्षामा उत्तीर्ण गराइएको थियो ।
आठबीस नगरपालिकामा रहेको जनज्योती माध्यमिक विद्यालयमा परिक्षा भएको र सो परीक्षाको मुल संयोजक सुआहाराका प्रतिनिधि नवराज थापा रहेको उनको भनाई थियो ।
आठबीस नपा एक कै तारा कुमारी विष्ट थापाले परीक्षामा छनौट समिति र नगरपालिकाका वडा नं. १ वाहेक अन्य ८ वटै वडा अध्यक्षहरुको मिलेमतो रहेको आरोप लगाईन ।
आठबीस नगरपालिका एभरेष्ट क्लब दैलेख मार्फत सञ्चालित सुआहारा कार्यक्रमको दोश्रो चरण कार्यक्रम अन्र्तगत असोज ७ गते सामुदायिक खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता पदका लागि दरखास्त मागिएकोमा जम्मा ११८ जनाले परीक्षा दिएका र ती मध्ये ७९ जनाले लिखितमा नाम निकालेका थिए ।
अन्यत्र भन्दा पनि वडा नं. एकको नतिजामा विवाद आएपछि आन्दोलनमा उत्रिएका परीक्षार्थीले प्रेस विज्ञप्ती निकाल्दै तत्काल आफूहरुको माग सम्वोधन गर्न र दोर्षीलाई कडा कारवाही गर्न मागसमेत गरेका छन् ।
यता, आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले उक्त परीक्षामा आफूहरुको कुनैपनि संलग्नता नरहेको बताइन् ।
आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले परीक्षा समितिको लापरवाहीका कारण त्यस्तो भएको हुनसक्ने बताए ।
यसबारेमा कुराकानी गर्न खोज्दा परीक्षा समितिका संयोजक नवराज थापासँग सम्पर्क हुन सकेन ।
by loktantra
Views: 0