खोइ पर्यटक: पर्यटक आकर्षित गर्ने योजना जरुरी

२०७५ आश्विन २१, आईतवार ०६:४९ गते २०७५ आश्विन २१, आईतवार ०६:४९ गते २०७५ आश्विन २१, आईतवार ०६:४९ गते

रूपन्देही — लुम्बिनी प्रदेश ५ को पर्यटकीय केन्द्र हो । लुम्बिनीमा पर्यटक टिकाउन समस्या देखिएको छ । लुम्बिनी विकास कोषका अनुसार त्यहाँ आउने पर्यटक कम्तीमा २९ मिनेटदेखि बढीमा एक रात बिताउँछन् । उनीहरूको बसाइ लम्ब्याउन रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धस्थल जोडेर बृहत्तर लुम्बिनीको योजनामा छलफल चलिरहेको छ । प्रदेशका जिल्लामा पर्यटन व्यवसायमा लगानी बढिरहेको छ ।

लुम्बिनी लक्षित गरी आउने पर्यटकलाई नजिकका नबिथोलिएका पहाडी गन्तव्य र तीर्थस्थलमा आकर्षित गर्न सके बसाइ लम्बिने स्थानीय बताउँछन् । प्रदेश सरकारले पहाडमा ‘हिल स्टेसन’ निर्माण गरी तराई र भारतको उत्तर प्रदेशका बासिन्दा आकर्षित गर्न सकिने निष्कर्ष निकालेको छ ।

पाल्पाका व्यवसायीले पर्यटकको बसाइ लम्ब्याउने योजना अघि सारेका छन् । लुुम्बिनी र पोखरामा आउने पर्यटकलाई पाल्पा र गुल्मीमा एक दिन बसाउने योजना बनाएका हुन् । होटल व्यवसायी, उद्योग वाणिज्य संघ, एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाटा), पर्यटनसँग सम्बन्धित संघसंस्था, होमस्टे सञ्चालक, स्थानीय तहले आन्तरिक तथा बाहय पर्यटकको बसाइँ लम्ब्याउन विभिन्न योजना अघि सारेर पर्यटकीय क्षेत्रको प्रचारमा जुटेका छन् । ‘पर्यटक आकर्षित गर्ने योजना जरुरी छन्,’ तानसेन ६ वडाध्यक्ष सागरमान महर्जनले भने, ‘कम्तीमा एक दिन बसाउन सकियोस् ।’ यसका लागि विभिन्न संघसंस्था, व्यक्तिको सहयोग आवश्यक रहेको उनले बताए । पर्यटनविज्ञ मनमोहन श्रेष्ठले पाल्पामा रहेका मठमन्दिर, श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र हुँदै गुल्मीको रेसुंगासम्म लैजानुपर्ने बताए । गर्मीका बेला बुटवलबाट ३९ किमि यात्रा गरेपछि तानसेन पुगिन्छ । ‘पहिले बासको समस्या थियो,’ उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भने, ‘अहिले होटल छन् ।’ जिल्लाका बल्ढेङ्गढी, रिब्दीकोट, भैरवस्थान, सिद्धगुफा, रानीमहल, श्रीनगरडाँडा, रम्भादेवी ताँहु, रामपुर, राम्दी, रुरु क्षेत्रमा पर्यटक लैजान सकिन्छ । बल्ढेङ्गढीबाट हिमाल र समथर तराई देखिन्छ । ‘भैरवस्थानमा प्रतापशमशेरले एसियाकै ठूलो त्रिशूल चढाएको विश्वास गरिन्छ,’ रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जीसीले भने, ‘हामीले पर्यटन क्षेत्रमा काम गर्ने योजना बनाएका छौं ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *