२२ आश्विन २०७५, सोमवार सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत ८ भदौमा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो ।
सरकारी वार्ताटोली गठन भएको डेढ महिना बितिसक्दा पनि नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पत्र पठाइएको छैन ।
सरकारी वार्ताटोलीले ४२ समूहको पहिचान गरी सबैलाई पत्र पठाइसकेको छ । तर, अझै पनि विप्लव समूहलाई वार्ताका लागि आधिकारिक पत्र पठाइएको छैन ।
‘विप्लवजीहरूलाई पत्र पठाउने विषयमा छलफल भइरहेको छ,’ सरकारी वार्ताटोलीका संयोजक पाण्डेले भने, ‘तर उहाँका नेता कार्यकर्ता अझै हिरासतमा भएकाले कसरी वार्ताको वातावरण तयार गर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।’
विप्लवलाई वार्तामा ल्याउने वातावरण तयार भएपछि आधिकारिक रूपमै पत्र पठाइने उनले बताए । तर, विप्लव नेतृत्वको नेकपा एक नेताले आफूहरूका सर्त पूरा भए मात्र वार्तामा बस्न तयार रहेको बताए ।
‘हामीलाई एकातर्फ वार्ताटोली बनाएर वार्ता गरौँ भन्ने गरिन्छ,’ ती नेताले भने, ‘तर अझै केन्द्रीयदेखि जिल्लास्तरका नेता कार्यकर्ता जेलमा छन्, राजनीतिक मुद्दा खेप्दै छन् ।
यस्तो अवस्थामा वार्तामा बस्न सकिँदैन।’ नयाँ पत्रिकाबाट ।
Views: 0