कर्णालीमा नियमित उडान शुरु गर्यो नेपाल एयरलाइन्सले

२०७५ आश्विन २२, सोमबार १५:३८ गते २०७५ आश्विन २२, सोमबार १५:३८ गते २०७५ आश्विन २२, सोमबार १५:३८ गते

२२ आश्विन २०७५,सोमवार । बाँके नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आज बाट नियमित उडान शुरु गरेको छ ।

हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको छ । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ट्वीनटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । साेमवार नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णालीवासीलाई राहत मिलेको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *