जलवायु परिवर्तनलाई वैज्ञानिकहरूले दिए घातक परिणामको चेतावनी

२०७५ आश्विन २२, सोमबार १६:५५ गते २०७५ आश्विन २२, सोमबार १६:५५ गते २०७५ आश्विन २२, सोमबार १६:५५ गते

२२ आश्विन २०७५,सोमवार। न्युयोर्क । वैज्ञानिकहरूले विश्वको तापक्रम बढ्दै जाँदा हुने खतराका सम्बन्धमा हालसम्म कै सबैभन्दा विस्तृत चेतावनी जारी गरेका छन् । सो चेतावनीमा जलवायु परिवर्तनलाई सिमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने उल्लेख गरेका छन् ।पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिएको सो प्रतिवेदन अनुसार पृथ्वी हाल त्यो सीमाभन्दा निकै बढी अर्थात तीन डिग्री सेल्सियसतर्फ अघि बढिरहेको भनिएको छ।

तीन वर्ष लगाएर गरिएको अनुसन्धान र दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच एक हप्तासम्म चलेको वार्तापछि विश्वको तापमान वृद्धि हुँदा त्यसबाट पुग्ने असरबारे विशेष प्रतिवेदन सार्वजनिक गरिएको हो ।संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी सो प्रतिवेदनमा भनिएको छ, ‘पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउन आवश्यक भएको छ ।’
जलवायु परिवर्तनसम्बन्धी अन्तर्सरकारी प्यानल (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन आवश्यक छ ।सो अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने त्यसबाट विभिन्न प्रजातिहरू व्यापक रूपमा लुप्त हुनेदेखि सुख्खा र बाढीको समस्यासम लाई रोक्न सकिन्छ ।तर त्यस्तो लक्ष्य हासिल गर्न पुनर्प्रयोग गर्न मिल्ने ऊर्जा क्षेत्रमा तत्काल ठूलो लगानी गर्नु आवश्यक हुने भनिएको छ ।

वैज्ञानिकहरू भन्छन्, ‘पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रीफ’ भनिने मुगाको वासस्थान नै मासिनेछ ।दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने छ । तर तापमानवृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिए एक करोडभन्दा थोरै मानिसहरू बाढीको जोखिमबाट जोगिन सक्ने भनिएको छ ।यस्तै तापक्रम वृद्धिबाट समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ । जसबाट धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि प्रभावित हुने भनिएको छ ।

तर त्यस्तो लक्ष्य हासिल गर्न पुनर्प्रयोग गर्न मिल्ने ऊर्जा क्षेत्रमा तत्काल ठूलो लगानी गर्नु आवश्यक हुने भनिएको छ ।वैज्ञानिकहरू भन्छन्, ‘पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रीफ’ भनिने मुगाको वासस्थान नै मासिनेछ ।दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने छ । तर तापमानवृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिए एक करोडभन्दा थोरै मानिसहरू बाढीको जोखिमबाट जोगिन सक्ने भनिएको छ ।यस्तै तापक्रम वृद्धिबाट समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ । जसबाट धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि प्रभावित हुने भनिएको छ ।

-rajdhani

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *