के यो वर्ष तोडिएला रोनाल्डो-मेस्सी युग ? हेर्नुहोस् मनोनयन सहित

२०७५ आश्विन २३, मंगलवार ०१:५९ गते २०७५ आश्विन २३, मंगलवार ०१:५९ गते २०७५ आश्विन २३, मंगलवार ०१:५९ गते

२३ आश्विन २०७५, मंगलवार

बालोन डी’ओर २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ ।

फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्ड २०१८ सम्पन्न भएको केही समयपछि व्यक्तितर्फको अर्को महत्वपूर्ण अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको छ ।

फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्डका लागि साबिक विजेता क्रिष्टियानो रोनाल्डोसँगै लियोनल मेस्सी, नेइमार, ग्यारेथ बेल, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, मोहम्मद सालह, ह्यारी केनन, पउल पोग्बा, सर्जियो अग्युरोसहितका खेलाडी मनोनयनमा परेका छन् । यस्तै फिफा वर्ष खेलाडी अवार्ड विजेता लुका मोड्रिक पनि मनोनयनमा परेका छन् ।

को को परे मनोनयनमा ?

  1. सर्जियो अग्युरो
  2. एलिसन
  3. ग्यारेथ बेल
  4. करिम बेन्जिमा
  5. केविन डी ब्राउन
  6. एडिन्सन काभानी
  7. थिबाउट कोउर्तोइस
  8. रोबर्टो फिरमिनो
  9. डिएगो गोडिन
  10. एन्टोनी ग्रिजम्यान
  11. इडन हजार्ड
  12. इस्को
  13. ह्यारी केन
  14. एन’गोलो कान्टे
  15. ह्युग लोरिस
  16. मारियो मान्जुकी
  17. साडिओ माने
  18. मार्सेलो
  19. केलियन एमबाप्पे
  20. लियोनल मेस्सी
  21. लुका मोड्रिक
  22. नेइमार
  23. ज्यान ओब्लाक
  24. पउल पोग्बा
  25. क्रिष्टियानो रोनाल्डो
  26. इभान रेकिटिक
  27. सर्जियो रामोस
  28. मोहम्मद सालह
  29. लुइस स्वारेज
  30. राफायल वाराने

मनोनयनमा पर्नेमा सबैभन्दा धेरै च्याम्पियन्स लिग विजेता रियल मड्रिडका खेलाडी छन् । रियल मड्रिडका ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । यस्तै प्रियिमर लिगका ११ खेलाडी ३० खेलाडीको सूचिमा छन् ।

आउँदो डिसेम्बर ३ मा पेरिसमा हुने विशेष कार्यक्रममा अवार्ड विजेताको घोषणा गरिने छ । यस्तै यसपटकदेखि महिला तर्फ पनि बालोन डी’ओर अवार्ड प्रदान गरिने भएको छ ।

बालोन डी’ओर अवार्ड सन् १९५६ मा पहिलो पटक प्रदान गरिएको थियो । त्यसयता फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै आएको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा ६ वर्षसम्म यो अवार्ड फिफा बालोन डी’ओरको रुपमा प्रदान गरिएको थियो । तर सन् २०१६ को सेप्टेम्बरमा फिफाले सहकार्य अन्त्य गरेसँगै फेरि भिन्नै रुपमा अवार्ड दिन थालिएको छ ।

बालोन डी’ओरमा सन् २००८ यता रोनाल्डो वा मेस्सीको दबदबा रहँदै आएको छ । तर यो वर्ष त्यो क्रम भंग हुने अपेक्षा छ । किनकी फिफा वर्ष खेलाडीमा रोनाल्डोलाई पछि पार्दै लुका मोड्रिकले अवार्ड जितेका थिए ।

-hamropatro

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *