यो दशैंमा कुनै पनि बन्दीले कैद मिनाहा नपाउने:कृष्णबहादुर कटुवाल

२०७५ आश्विन २३, मंगलवार ०२:२१ गते २०७५ आश्विन २३, मंगलवार ०२:२१ गते २०७५ आश्विन २३, मंगलवार ०२:२१ गते

२३ आश्विन २०७५, मंगलवार – काठमाडौं ।  यस वर्षको दशैंमा कैदीबन्दीहरुको कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिताअनुसारको कैद मिनाहासम्बन्धी कार्यविधि नबनेकाले उनीहरुले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले जानकारी दिए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दशैं, गणतन्त्र र संविधान दिवसको अवसरमा कैदी बन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३ जिल्ला ७४ कारागारमा २० हजार कैदी छन् ।

नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिने छ । यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुन सक्ने व्यवस्था छ ।

-image khabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *