मूल्य बढ्दा चहलपहल कम :असन बजार सन्दर्भ दसैँ

२०७५ आश्विन २३, मंगलवार ०२:३७ गते २०७५ आश्विन २३, मंगलवार ०२:३७ गते २०७५ आश्विन २३, मंगलवार ०२:३७ गते

२३ आश्विन २०७५, मंगलवार – काठमाडौं – काठमाडौं नारायणस्थानकी मञ्जु भट्टराई दसैँको सामान किनमेल गर्नको लागि असन बजार पुग्नुभयो ।आफूले खोजेका सामान सुपथ मूल्यमा पाइने भएकाले प्रायः सधैँको दसैँमा उहाँको किनमेल असन बजारमै हुन्छ ।  तर यो वर्ष भने उहाँले अघिल्लो वर्षको जस्तो अनुभव गर्न पाउनुभएन ।

‘पोहोर सालको भन्दा कति महंगो भएको हो । अघिल्लो वर्ष दुई हजार भनेको सामानको अढाई हजार रुपैयाँ पुगिसकेछ’, हातमा भएको सामानको झोला देखाउँदै उहाँले भन्नुभयो, ‘यो कुर्थाको अघिल्लो वर्ष दुई हजार रुपैयाँ परेको थियो, आज पाँचसय रुपैयाँ बढी हालेर किन्नुपर्‍याे । पोहोर साल छोरीको लागि किनिदिएको थिएँ । मलाई पनि मन परेर आफ्नो लागि पनि किनौं भनेको एक वर्षमै यत्रो मूल्य बढिसकेछ ।’

उहाँजस्तै धेरै ग्राहकको गुनासो उस्तै छ । सामानको भाउ महंगो भएपछि ग्राहकको चहलपहल पनि घटेको व्यापारीहरु बताउँछन् । १४ वर्षदेखि असनमा कपडाको व्यापार गर्दै आएका बीरगंजका मोहित ठाकुरले भन्नुभयो, ‘पोहोरजस्तो खासै घुईंचो छैन यो वर्ष । नत्र त यतिबेला भ्याईनभ्याई हुन्थ्यो ।’

सामानको भाउ महंगो भएपछि ग्राहक कम भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष दुई हजार रुपैयाँमा बेच्ने कुर्था यो वर्ष हामी आफैंले हुई हजार रुपैयाँ हालेर होलसेलमा ल्याएका छौं ।’

दसैँमा सामान किनमेल गर्नको लागि ग्राहक केही नयाँ अफर र छुटको पर्खाइमा हुन्छन् । तर यसपाली छुटको त कुरै छोडौं, खोजेको सामान पनि सहुलियत मूल्यमा नपाउँदा ग्राहकहरु निराश छन् ।

असनमै भेटिएकी काँडाघारीकी मिना न्यौपानेले सरकारले नै मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरु त विदेश गएर सपिङ गरिहाल्छन्, महंगीको मार खेप्नुपर्ने हामीहरुले त हो नि ।’ अघिल्लो वर्षहरुमा दसैँको लागि भनेर विभिन्न अफर हुने गरे पनि यसपाली भने त्यस्तो अफरहरु पनि खासै नदेखिएको उहाँले बताउनुभयो ।

काठमाडौं आएको मौकामा दसैँको लागि किनमेल गर्न भनेर रुपन्देहीका स्थानेश्वर बस्याल पनि असन बजारतिर छिर्नुभयो । भाउ सुनेर उहाँले पनि सामान किन्न सक्नुभएन । सामान नकिनीकन फर्कन लागेका उहाँले भन्नुभयो, ‘व्यापारीहरु पनि भ्याट बढ्यो, भारतबाट ल्याउँदा नै महंगो हुन्छ भनेर अनेकथरी बहाना गर्छन् । भारतमा एक रुपैयाँ बढ्दा यहाँ दश रुपैयाँ बढाउने चलन छ । यसमा सरकारले निगरानी गर्नुपर्ने हुन्छ ।’ सरकारको यही कमजोरीका कारण नै महंगी बढेको उहाँको भनाई छ ।असनका अर्का व्यापारी काभ्रेका मोहन खनाल सामान र सटर दुईटै महँगो हुदा यसको परिणाम ग्राहकहरुलाई परेको बताउनुहुन्छ । ‘सामानको मूल्य बढे मात्र पनि त्यति साह्रो फरक पर्दैनथियो होला, तर यहाँ त सटरको भाडा नै यति महंगो छ । त्यसैमाथि भारतबाट आउने सामानहरुको भन्सार मूल्य बढाएपछि भाउ आकासिने नै भयो ।’

-ujyaaloo

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *